News Portal

सुर्खेतमा नेपाली कांग्रेसको अधिवेशनले बढ्यो चहलपहल

हिमालीसंचार संवाददाता
२२२ पटक

काठमाडौं – पहिलो पटक हुन लागेको नेपाली कांग्रेसको प्रदेश अधिवेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चहलपहल बढेको छ । पाटीको मातहतका समितिको अधिवेशन गरेर नेपाली कांग्रेस प्रदेश अधिवेशनको तयारीमा जुटेको हो । शुक्रबार हुने प्रदेश अधिवेशनका लागि आकांक्षीहरूले कार्यकर्तालाई भेट्न सम्पर्क कार्यालय खोलेका छन् । जिल्ला अधिवेशन सकिएसँगै नेता–कार्यकर्ताहरू प्रदेश राजधानी सुर्खेतमा केन्द्रित हुन थालेका हुन् ।

सुर्खेतमा नेता–कार्यकर्ताको जमघट बढ्न थालेपछि वीरेन्द्रनगरका स्थानीय होटलहरू भरिभराउ हुन थालेका छन् । प्रदेश सभापतिमा मुख्यमन्त्री तथा केन्द्रीय सदस्य जीवनबहादुर शाही, केन्द्रीय सदस्य हृदयराम थानी, पूर्वसांसद राजीवविक्रम शाह, पूर्वसांसद ललितजंग शाही, भूपेन्द्रजंग शाही, कालीबहादुर सहकारीको नाम चर्चामा रहेको छ ।

युवा नेता भूपेन्द्रजंग शाहीले आफू प्रदेश सभापतिका लागि २ वर्षदेखि तयारीमा जुटेको बताए । तरुण दलको महामन्त्री र नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेका शाहीले आफू बलियो उम्मेदवार रहेको बताए । ‘यसबारेमा नेताहरूबीच छलफल चलाइरहेको छु,’ उनले भने, ‘सम्भवतः म नै प्रदेश सभापतिको उम्मेदवार हुन्छु ।’

प्रदेश अधिवेशनमा कर्णालीका १० वटै जिल्लाका झन्डै ७ सय बढी प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ । मुगुका पार्टी सभापति ऐनबहादुर शाहीले प्रदेश अधिवेशनका लागि ६० जना प्रतिनिधिसहित शनिबार नै सुर्खेत पुगेको बताए । उनका अनुसार सुरुमा बुधबारका लागि प्रदेश अधिवेशन तोकिएको थियो । ‘अहिले अधिवेशन २ दिनका लागि पछि सरेको छ,’ उनले भने, ‘जसले कार्यकर्तामा केही अन्योल बनायो ।’

त्यस्तै हुम्ला, कालीकोट, जुम्ला, डोल्पा, दैलेखलगायत विभिन्न जिल्लाका प्रतिनिधिहरू सुर्खेत पुगिसकेका छन् । जिल्लाबाट आएका नेता–कार्यकर्ता अहिले महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानीसँग भेटघाटका लागि व्यस्त छन् । १० जिल्ला रहेको कर्णालीमा ८ जिल्लामा देउवा पक्षले सभापति जितेको छ । दैलेख र कालीकोटमा पौडेलपक्षीय सभापति निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...