News Portal

जसपा बरिष्ठ नेता अशोक राईको ठोकुवा, महाधिवेशन पछि एमाले टुक्रा टुक्रा हुन्छ (भिडियो सहित)

एमालेमा हुँदा मेरो ९ बुदे प्रस्ताव छलफल गर्न रोक लगाउने ओली नै हुन : अशोक राई

हिमालीसंचार संवाददाता
३१५ पटक

काठमाडौं – जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफु एमालेबाट छुट्टिनु पुर्व राखेको ९ बुदे प्रस्ताव छलफल नै गराउन नदिने केपी ओली नै हुन् भनेर एकीकृत समाजवादि पार्टीका नेताहरुले आफुलाई सुनाउने गरेको वताएका छन् ।

यक्ष प्रश्न टेलिभिजनको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता राईले तत्कालीन एमालेको १५ स्थायी कमिटी सदस्य मध्ये २ जनाले पहिचान संघीयता समावेशीता धर्मनिरपेक्षता जस्ता मुद्दाको बिरुद्दमा बोलेको र बाकिले मौनता साधेको समेत खुलासा गरेका छन् ।

तपाइलाई एमाले छोडेर कहिले काहीं पछुतो लाग्दो होनी भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले जवाफ दिदै भनेका छन् ” पछुतो हैन आफुलाई ऐतिहासिक रुपमा ठिक र सहि निर्णय गरेकोमा गर्व लाग्ने गरेको छ। अहिले एमालेकै साथिहरुले तपाइले पहिले नै एमाले छोडेर ठिक गर्नु भयो। आफुहरु यहाँ बसेर भुल गरिएछ भन्ने गरेको समेत उनले बताए।

त्यस्तै, जनता समाजबादी पाटीको बरिष्ठ नेता राईका अनुसार “अहिलेकै नेतृत्व कायम रहे महाधिवेशन पछि एमाले भित्र अर्को एकीकृत समाजवादी दल जन्मिने ठोकुवा समेत गरेका छन् ।”

भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...