News Portal

ओलीले नसमेटेका लालबाबु पण्डितले दिए साथीहरुलाई शुभकामना!, मैले विदा लिए

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौं – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको नेतृत्व तहबाट बिदा लिएको घोषणा गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा कहीँ पनि नसमेटेपछि पण्डितले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिएका हुन्।

पण्डितले सौराहास्थित बन्दसत्रस्थलमा पत्रकारहरुसँग बोल्दै उनले भने, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएँ। दसौँ महाधिवेशनबाट विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना!’ एमाले नेता पण्डित अहिले दशौँ महाधिवेशन निर्वाचन अध्यक्षमण्डलको सदस्य पनि छन्। 

उपाध्यक्षका दावेदार पण्डितको नाम ओलीको सूचीमा नपरेपछि पार्टीको नवौँ महाधिवेशनमा उनले उपाध्यक्ष पदमा माधवकुमार नेपाल समूहबाट चुनाव लडेका थिए। तर पराजित भएका थिए।अहिले उनी संघीय सांसद छन्। उनले मोरङमा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...