News Portal

खोटाङ जिल्लाको कांग्रेस अधिवेशनमा सर्वाधिक मत पाएर निर्वाचित भए इवन राई

हिमालीसंचार संवाददाता
२८१ पटक

खोटाङ – नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर समेत रहेका राई नेपाली कांग्रेसको सातौं जिल्ला अधिबेसनबाट सर्वाधिक मत सहित उपसभापतिमा निर्वाचित भएका हुन् । एकै प्यानलबाट वियजी सभापति बिष्णुकुमार राईभन्दा ८४ मत ल्याई उपसभापतिमा इवन राई विजयी भएका हुन्। 

‘तपाईँको बिश्वास र बिचारले सिञ्चित एक–एक मत मेरो लागि कठिन भन्दा कठिन यात्राको लागि उर्जा हुनेछ ! पार्टीप्रति थप जिम्मेवार र क्रियाशिल रहदै पार्टीलाई नयाँ उचाईमा पु¥याउने बिश्वास दिलाउन चाहन्छु,’ नवनिर्वाचित उपसभापति राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समाज र पार्टी बदल्ने महान अभियानमा तपाईँको सहयात्राको अपेक्षा गर्दछु ।’ उनले भनेका छन्। 

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका राईले राजनीति सुरु विस २०६० सालदेखि पार्टी राजनीति सुरु गरेका हुन् । विस २०६७ सालमा जिल्ला कार्य समिति सदस्य, संगठन विभाग प्रमुख हुँदै उनी विस २०७२ सालमा क्षेत्रीय सभापति निर्वाचित भएका थिए ।

राईका अनुसार; फिल्डमा बसेर नेता तथा कार्यकर्ताको मन मष्तिष्कमा बस्न सकेकै परिणाम आफुलाई लोकप्रीय मत प्राप्त भएको नवनिर्वाचित उपसभापति राईले बताउँछन् । ‘फिल्डमा बसेर काम गरियो । पार्टीभित्रको मतभेद र अन्तरद्धन्द्ध व्यवस्थापन गर्दै पार्टीलाई एकाकार पार्नमा भूमीका रह्यो ।

घात अन्तरघातको समस्याले अलग–अलग भएका नेतालाई एक ठाउँमा ल्याउन भूमीका निर्वाह गरेँ,’ राईले भने, ‘युवा परिवर्तन चाहन्छ । नविन सोच र बिचार भएको नेतृत्वको उपस्थिति चाहन्छन् । पुरानो पुस्ता र नयाँ पुस्तालाई मिलाएर लौजान भूमीका खेलेका कारण पनि नेता तथा कार्यकर्ताको मन मष्तिष्कमा बस्न सफल भएँ भन्ने लाग्छ ।’

राईकै प्यानलका अर्का उपसभापति तिर्थराज भट्टराई दोश्रो र सचिव समिर राईले तेश्रो पपुलर मत पाएका छन् । यस्तै, संघीय महाधिबेसन प्रतिनिधिमा इच्छुराम राना सवैभन्दा बढि मत ल्याएर विजयी भएका छन् । रानाले ६४४ मत पाएका छन् ।

संघीय महाधिबेसन प्रतिनिधिमा सुवासकुमार पोखरेलले दोश्रो र भूपेन्द्र राईले तेश्रो लोकप्रिय मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...