News Portal

‘साढे तीन वर्ष देश लुटेको पैसाले नारायणी किनारमा एमालेको भोज’ रञ्जित तामाङ

हिमालीसंचार संवाददाता
३०९ पटक

झापा – नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रञ्जित तामाङले देश लुटेको पैसाले नेकपा एमाले पाटीले चितवनको नारायणी नदी किनारमा भोज गरिरहेको आरोप लगाएका छन्।

नेकपा (माओवादी केन्द्र) माइनगरपालिका इलामको नगर सम्मेलनलाई बिहीबार सम्बोधनका क्रममा तामाङले चितवनमा महाधिवेशन गरिरहेको नेकपा एमाले पाटीलाई यस्तो आरोप लगाएका हुन । तामाङले थपे; साढे तीन वर्ष जनमतको अपमान गर्दै केपी शर्मा ओलीले ठट्टा गरेर बिताएको भन्दै तामाङले उनको सरकारको भ्रस्टाचार छानबिन हुनुपर्ने माग समेत गरे। 

इलामको माइनगर सम्मेलनलई सम्बोधन गर्ने क्रममा उनले ओली सरकारले मुलुकमा पहिले कहिल्यै नभएको भ्रस्टाचार गरेको आरोप समेत लगाएका छन्। ‘केपी ओलीको सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रस्टाचार गरेको छ। देश लुटेको त्यही पैसाले नारायणी किनारमा ‘पिकनिक’ गरेर धुलो उडाइरहेको छ’, उनले भने, ‘हामी ओली सरकारको पालामा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दछौँ।’

आफ्नो अधिकांश समय नेकपा एमालेको आलोचनामा खर्चेका तामाङले ओलीमाथि गणतन्त्रको संघर्षमा भागेको आरोप पनि उनले लगाए। गणतन्त्र आइसकेपछि पनि संघीयता र गणतन्त्रविरुद्ध चलखेलको  असफल प्रयास  गरिरहेको आरोप पनि उनले लगाए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...