News Portal

‘साढे तीन वर्ष देश लुटेको पैसाले नारायणी किनारमा एमालेको भोज’ रञ्जित तामाङ

हिमालीसंचार संवाददाता
२७४ पटक

झापा – नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रञ्जित तामाङले देश लुटेको पैसाले नेकपा एमाले पाटीले चितवनको नारायणी नदी किनारमा भोज गरिरहेको आरोप लगाएका छन्।

नेकपा (माओवादी केन्द्र) माइनगरपालिका इलामको नगर सम्मेलनलाई बिहीबार सम्बोधनका क्रममा तामाङले चितवनमा महाधिवेशन गरिरहेको नेकपा एमाले पाटीलाई यस्तो आरोप लगाएका हुन । तामाङले थपे; साढे तीन वर्ष जनमतको अपमान गर्दै केपी शर्मा ओलीले ठट्टा गरेर बिताएको भन्दै तामाङले उनको सरकारको भ्रस्टाचार छानबिन हुनुपर्ने माग समेत गरे। 

इलामको माइनगर सम्मेलनलई सम्बोधन गर्ने क्रममा उनले ओली सरकारले मुलुकमा पहिले कहिल्यै नभएको भ्रस्टाचार गरेको आरोप समेत लगाएका छन्। ‘केपी ओलीको सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रस्टाचार गरेको छ। देश लुटेको त्यही पैसाले नारायणी किनारमा ‘पिकनिक’ गरेर धुलो उडाइरहेको छ’, उनले भने, ‘हामी ओली सरकारको पालामा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दछौँ।’

आफ्नो अधिकांश समय नेकपा एमालेको आलोचनामा खर्चेका तामाङले ओलीमाथि गणतन्त्रको संघर्षमा भागेको आरोप पनि उनले लगाए। गणतन्त्र आइसकेपछि पनि संघीयता र गणतन्त्रविरुद्ध चलखेलको  असफल प्रयास  गरिरहेको आरोप पनि उनले लगाए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...