News Portal

हामीले भोगेको जस्तो दु:ख अरुलाई नहोस्ः देउवा

हिमालीसंचार संवाददाता
३०९ पटक

चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालमा जेलमा भोगेका दुःख स्मरण गराउँदै आगामी दिनमा नेपालीलाई दुःख नपुगोस् भन्नेमा सचेत गराउदै ओलीलाई सम्झेका थिए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको चितवनमा सुरु भएको १० औं  महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताले आगामी दिनमा दुःख नपाउने मूल्य मान्यतालाई संस्थागत गर्न कटिबद्ध रहेको बताएका थिए।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजी लगायत हामी जेलका साथीहरु हौं। जेल भित्रका मेट पनि हौं। सबै कुरा हामीले भोगेका हौं,’ प्रधानमन्त्रीले भने, ‘हिजोका दिनमा हामीले भोगेका दुःखलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई दुःख नपरोस् भन्नेमा सचेत हुनुपर्छ। मेरो नेतृत्वको सरकार यही मूल्य र मान्यतालाई संस्थागत गर्न कटिबद्ध रहेको छ।’

नेपालका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पुर्‍याउनु सरकारको कर्तव्य भएको भन्दै उनले सबैको सहयोगले सरकार लक्ष्य प्राप्तिको दिशामा रहेको पनि बताए। 

नेपाली ‘सबै नागरिकलाई खोप पुर्‍याउनु हाम्रो कर्तव्य हो। सबैको सहयोगले सरकारले यो लक्ष्य हासिल गर्दैछ,’ प्रधानमन्त्रीले भने, ‘नागरिकको जीवन रक्षा गर्ने कार्यमा सबै राजनीतिक दल र सामाजिक संस्थाहरुको भूमिका अग्रणी रहेको छ।’ 

प्रधानमन्त्री देउवाले भने ‘अहिले कोरोना भाइरसको संक्रमण न्यूनीकरण भएको पनि बताए। देशमा सुशासन, समृद्ध कायम गर्न आफू कटिबद्ध रहेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले भने, ‘सबै दलसँग सहकार्य गरेर अघि बढ्छु। नेकपा एमालेको १० औं महाधिवेशनको सफलताको कामना गर्छु।’ शुभकामना दिएका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...