News Portal

हामीले भोगेको जस्तो दु:ख अरुलाई नहोस्ः देउवा

हिमालीसंचार संवाददाता
२७७ पटक

चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालमा जेलमा भोगेका दुःख स्मरण गराउँदै आगामी दिनमा नेपालीलाई दुःख नपुगोस् भन्नेमा सचेत गराउदै ओलीलाई सम्झेका थिए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको चितवनमा सुरु भएको १० औं  महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताले आगामी दिनमा दुःख नपाउने मूल्य मान्यतालाई संस्थागत गर्न कटिबद्ध रहेको बताएका थिए।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजी लगायत हामी जेलका साथीहरु हौं। जेल भित्रका मेट पनि हौं। सबै कुरा हामीले भोगेका हौं,’ प्रधानमन्त्रीले भने, ‘हिजोका दिनमा हामीले भोगेका दुःखलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई दुःख नपरोस् भन्नेमा सचेत हुनुपर्छ। मेरो नेतृत्वको सरकार यही मूल्य र मान्यतालाई संस्थागत गर्न कटिबद्ध रहेको छ।’

नेपालका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पुर्‍याउनु सरकारको कर्तव्य भएको भन्दै उनले सबैको सहयोगले सरकार लक्ष्य प्राप्तिको दिशामा रहेको पनि बताए। 

नेपाली ‘सबै नागरिकलाई खोप पुर्‍याउनु हाम्रो कर्तव्य हो। सबैको सहयोगले सरकारले यो लक्ष्य हासिल गर्दैछ,’ प्रधानमन्त्रीले भने, ‘नागरिकको जीवन रक्षा गर्ने कार्यमा सबै राजनीतिक दल र सामाजिक संस्थाहरुको भूमिका अग्रणी रहेको छ।’ 

प्रधानमन्त्री देउवाले भने ‘अहिले कोरोना भाइरसको संक्रमण न्यूनीकरण भएको पनि बताए। देशमा सुशासन, समृद्ध कायम गर्न आफू कटिबद्ध रहेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले भने, ‘सबै दलसँग सहकार्य गरेर अघि बढ्छु। नेकपा एमालेको १० औं महाधिवेशनको सफलताको कामना गर्छु।’ शुभकामना दिएका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...