News Portal

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ मा सुजेन्द्र तामाङको प्यानल विजयी

“तामाङको ३९३ मत, उनका प्रतिस्पर्धी खतिवडाको २१५ मत”

हिमालीसंचार संवाददाता
३४१ पटक

सुनसरी – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा संस्थापन इतर समुहका सुजेन्द्र तामाङको प्यानल विजयी भएको छ ।

धरान उपमहानगरपालिका धरान ८ स्थित सभाहलमा सम्पन्न क्षेत्र नं १ निर्वाचनको मतगणनाको मतपरिणाम अनुसार पौडेल कोइराला समुहबाट सभापति उम्मेदवार तामाङको प्यानल विजयी भएको हो । कुल मत गणना सम्पन्न हुदा तामाङले ३९३ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी उम्मेदवार लक्ष्मी खतिवडाले २१५ मत मात्र पाएर पराजित भए । विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाएका थिए। 

यस्तै, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्धय देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत पाए । यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्धय नविन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...