News Portal

काँग्रेस महामन्त्री खड्काले महाधिवेशन प्रतिनिधिमा पाए सर्वाधिक मत, डाँगीको प्यानल विजयी

हिमालीसंचार संवाददाता
४५४ पटक

सुर्खेत। नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर एकमा झक बहादुर डाँगीको प्यानल विजय भएको छ। संस्थापन (देउवा)समुहबाट डाँगीको प्यानलले भारी मतअन्तरमा विजय हासिल गरेको हो।

सभापति डाँगीले सात सय १९ मत लिई विजय भएका छन् भने उनका प्रतिद्वन्द्वी बल बहादुर वलीले एक सय ३ मत प्राप्त गरेका छन्। जम्मा ९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएकाे निर्वाचनमा ८ सय ७४ मत खसेकाे थियाे।

क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदम बहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् भने, सह–सचिवमा प्रेम सिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन्।

त्यस्तै, काँग्रेस केन्द्रिय महामन्त्री पूर्ण बहादुर खड्काले सुर्खेत क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएका थिए। खड्काले ७ सय ३६ मत प्राप्त गरि विजय भएका छन्।

काँग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भएपनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेद्वारी दिएका थिए।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...