News Portal

काँग्रेस महामन्त्री खड्काले महाधिवेशन प्रतिनिधिमा पाए सर्वाधिक मत, डाँगीको प्यानल विजयी

हिमालीसंचार संवाददाता
४२६ पटक

सुर्खेत। नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर एकमा झक बहादुर डाँगीको प्यानल विजय भएको छ। संस्थापन (देउवा)समुहबाट डाँगीको प्यानलले भारी मतअन्तरमा विजय हासिल गरेको हो।

सभापति डाँगीले सात सय १९ मत लिई विजय भएका छन् भने उनका प्रतिद्वन्द्वी बल बहादुर वलीले एक सय ३ मत प्राप्त गरेका छन्। जम्मा ९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएकाे निर्वाचनमा ८ सय ७४ मत खसेकाे थियाे।

क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदम बहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् भने, सह–सचिवमा प्रेम सिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन्।

त्यस्तै, काँग्रेस केन्द्रिय महामन्त्री पूर्ण बहादुर खड्काले सुर्खेत क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएका थिए। खड्काले ७ सय ३६ मत प्राप्त गरि विजय भएका छन्।

काँग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भएपनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेद्वारी दिएका थिए।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...