News Portal

  • नेपाली कांग्रेस महाधिवेशन: प्युठानमा गोली चल्यो, प्रहरी सहित ७ जना घाइते

    हिमालीसंचार संवाददाता
    २२४ पटक

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ। मंगलबार राती मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भएपछी गोली चलेको हो।

    मत गणनाका क्रममा पौडेल-सिटौला पक्षका विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो। मत परिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले गोली चलाएको हो। घटनाले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो। 

    झडपका क्रममा एक जना प्रहरी जवान सहित कम्तिमा ७ जना घाइते भएका छन। प्रहरी जवान गोपाल जिसी घाइते भएका हुन्। त्यस्तै, प्रदर्शनकारीतर्फ घाइते हुनेमा २३ बर्षिया चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन। घाइतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार पुर्याइएको छ। 

    देउवा र पौडेल-सिटौला पक्षले प्यानल बनाएरै सम्पन्न भएको निर्वाचनको मत गणनास्थलमा आक्रमण भएको थियो। झण्डै दुई घण्टादेखि तनाव यो समाचार तयार पार्दासम्म साम्य भएको छैन। आक्रमणपछि अहिले मतगणना कार्य नै स्थगित भएको छ।

    निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल सिटौला पक्षबाट विष्णु कुमार गिरी मैदानमा छन। जिल्ला सभापति पदका लागि खसेको कुल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। 

    अब जम्मा ६५ मत गणना हुन बाँकी छ। गिरी पक्षका कार्यकर्ता विजयी घोषणा गरी खुशी मनाइरहेका छन भने रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गरिरहेका छन। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...