News Portal

सोलुखुम्बुमा कांग्रेस सभापतिका लागि पुनः निर्वाचन हुने

हिमालीसंचार संवाददाता
३२९ पटक

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदमा पुनः निर्वाचन हुने भएको छ । तीनजना प्रत्यासी सभापति पदका लागि उम्मेद्वार रहेको सोलुखुम्बु जिल्लामा बढी मत ल्याउने उम्मेदवारद्वय विनोद बस्नेत र नाम्ग्याल जाङबु शेर्पाबीच पुनः निर्वाचन हुने भएको हो ।

नेपाली कांग्रेसको विधान अनुसार दुईभन्दा बढी सभापति पदको उम्मेदवार भएमा तीमध्ये बढी मत ल्याउने उम्मेदवारबीच पुनः निर्वाचन हुने प्रावधान अनुरुप निर्वाचन हुन लागेको हो । सभापति पदमा रामचन्द्र पौडेल समूहबाट विनोद बस्नेतले उम्मेदवार दिएका थिए । उनले ४ सय २८ मत ल्याएका थिए भने बस्नेत कांग्रेस सोलुखुम्बुका वर्तमान सभापति समेत हुन् ।

त्यस्तै, देउवा समूहबाट उम्मेदवार बनेका नाम्ग्याल जाङबु शेर्पाले ४ सय १८ मत ल्याएको थिए । उक्त निर्वाचनमा देउवा समूहबाटै बागी उम्मेदवार बनेका रामबहादुर बस्नेतले जम्मा ५ मत ल्याएका थिए । झिनो मतसँगै उनी दोस्रो प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।

जिल्लामा जम्मा ९ सय २४ मध्ये ८ सय ८२ मत खसेकोमा विनोद बस्नेतको ९ मत र नाम्ग्याल जाङबुको २७ मत बदर देखिएको छ । सभापतिका उम्मेदवार नाम्ग्याल जाङबु शेर्पा सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत हुन् ।

सोलुखुम्बु जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ । सोलुखुम्बुमा नेपाली  कांग्रेसको प्रदेशसभा क्षेत्रमा भने ‘ख’ मा देउवा पक्षका कर्मा शेर्पा विजयी भएको थिए । प्रदेशसभा क्षेत्र ‘क’ मा रामचन्द्र पौडेल पक्षका धनजन राई विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...