News Portal

सोलुखुम्बुमा कांग्रेस सभापतिका लागि पुनः निर्वाचन हुने

हिमालीसंचार संवाददाता
२७५ पटक

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदमा पुनः निर्वाचन हुने भएको छ । तीनजना प्रत्यासी सभापति पदका लागि उम्मेद्वार रहेको सोलुखुम्बु जिल्लामा बढी मत ल्याउने उम्मेदवारद्वय विनोद बस्नेत र नाम्ग्याल जाङबु शेर्पाबीच पुनः निर्वाचन हुने भएको हो ।

नेपाली कांग्रेसको विधान अनुसार दुईभन्दा बढी सभापति पदको उम्मेदवार भएमा तीमध्ये बढी मत ल्याउने उम्मेदवारबीच पुनः निर्वाचन हुने प्रावधान अनुरुप निर्वाचन हुन लागेको हो । सभापति पदमा रामचन्द्र पौडेल समूहबाट विनोद बस्नेतले उम्मेदवार दिएका थिए । उनले ४ सय २८ मत ल्याएका थिए भने बस्नेत कांग्रेस सोलुखुम्बुका वर्तमान सभापति समेत हुन् ।

त्यस्तै, देउवा समूहबाट उम्मेदवार बनेका नाम्ग्याल जाङबु शेर्पाले ४ सय १८ मत ल्याएको थिए । उक्त निर्वाचनमा देउवा समूहबाटै बागी उम्मेदवार बनेका रामबहादुर बस्नेतले जम्मा ५ मत ल्याएका थिए । झिनो मतसँगै उनी दोस्रो प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।

जिल्लामा जम्मा ९ सय २४ मध्ये ८ सय ८२ मत खसेकोमा विनोद बस्नेतको ९ मत र नाम्ग्याल जाङबुको २७ मत बदर देखिएको छ । सभापतिका उम्मेदवार नाम्ग्याल जाङबु शेर्पा सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत हुन् ।

सोलुखुम्बु जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ । सोलुखुम्बुमा नेपाली  कांग्रेसको प्रदेशसभा क्षेत्रमा भने ‘ख’ मा देउवा पक्षका कर्मा शेर्पा विजयी भएको थिए । प्रदेशसभा क्षेत्र ‘क’ मा रामचन्द्र पौडेल पक्षका धनजन राई विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...