News Portal

एमाले महाधिवेशन: भव्य मञ्चमा ड्रोनको निगरानी

हिमालीसंचार संवाददाता
४३३ पटक

चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्मका लागि तोकिएको छ। चितवनको नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन भई सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा बन्द सत्र हुनेछ।

अहिले उद्घाटन र बन्द सत्रका लागि भव्य मञ्चको निर्माण कार्य भइरहेको छ। दुवै स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गर्ने काम भइरहेको छ। महाधिवेशन हुने स्थलमा कम्तिमा पनि दुईवटा ड्रोनले निगरानी गर्नेछ भने, मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिबाट निर्माण गरिँदैछ।

सोमबार प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक विनोद श्रेष्ठले ५ लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार एकै स्थानबाट ५ लाख मानिसले उद्घाटन सत्र हेर्न सक्नेछन्। साथै, प्रत्यक्ष लाइभमार्फत पनि महाधिवेशन हेर्न मिल्ने उनले बताए। उनले उद्घाटन सत्रका लागि लाइभ भिडियो क्यामेरा कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने बताए।

संयोजक श्रेष्ठका अनुसार मंसिर ९ गते उद्घाटन सत्रको मञ्च तयार हुने र हस्तान्तरण गरिने बताए। उनका अनुसार हाल मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको छ। बन्द सत्रतर्फ सौराहामा हुने महाधिवेशनका लागि मञ्च आइतबारदेखि नै सुरु भइसकेको संयोजक श्रेष्ठले बताए। उनका अनुसार बन्द सत्र हुने सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा आल्मुनियमको संरचना बनाइएको छ।

मंसिर १० गते उद्घाटन हुने सत्रमा सहभागी हुन विभिन्न ६ स्थानबाट र्‍याली निकालिनेछ। गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्‍याली निकालिने प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए। उनका अनुसार जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर प्रचारप्रसारको काम अगाडि बढिरहेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...