News Portal

कांग्रेस महाधिवेशन: विनोद चौधरी सर्वसम्मत, प्रकाशमानका छोरा पनि महाधिवेशन प्रतिनिधि

हिमालीसंचार संवाददाता
३७० पटक

काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

सोमबारदेखि नवलपुरमा सुरु भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका छोरा प्रभाशमान सिंह महाधिवेशन प्रतिनिधि बनेका छन्। प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट प्रभाशमान कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका हुन्। काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रभाशमान महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका हुन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...