News Portal

निर्वाचन आयोगमा दर्ता भयो नेपाल विवेकशील पार्टी

हिमालीसंचार संवाददाता
३३३ पटक

काठमाडौं।
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ। विवेकशील पार्टीको नामबाट गत वर्षको पुसदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगले नेपाल विवेकशील पार्टीको नाम दर्ता गरेको हो।

गत कार्तिक ३० गते बसेको आयोगको बैठकले नेपाल विवेकशील पार्टीको नाममा दर्ता गर्ने निर्णय गरेको हो। पार्टीको अध्यक्ष कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ भने, पार्टीको चुनाव चिह्न कुकुरको मुखाकृति रहेको छ। पार्टीको दर्ता नम्बर १७४ रहेको छ।

पार्टीको राजनीतिक दर्शन रूपान्तरणकारी मार्ग (र्याडिकल सेन्ट्रिजम) हो भने सामाजिक दर्शन मानवता, समानता, स्वतन्त्रता र स्वाभिमान हुनेछ। आर्थिक दर्शनको रूपमा समन्वयनकारी पुँजीवाद रहने बताइएको छ।

दलको राजनीतिक प्रस्थान बिन्दू सहभागीतामूलक लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षता हुनेछ भने दलका सदस्यहरूलाई व्यक्तिगत रुपमा बाटो देखाउने मूल्य मान्यताहरूमा निष्ठा, पारदर्शिता, साहस, समानुभूति, विनम्रता, उत्कृष्टता हुने पार्टी प्रवक्ता विजयवाबु शिवाकोटीले जानकारी दिए।

दललाई संस्थागत रुपमा चुस्त बनाउने मूल्य–मान्यताहरुमा जवाफदेहीता, कार्य कौशलता, ठगी, भ्रष्टाचार, हिंसा, उत्पीडन, भेदभावविरुद्ध शून्य सहनशीलता, समावेशीता, सुयोग्यता, आन्तरिक सहभागितामूलक लोकतन्त्र रहने पनि बताइएको छ।

यस्तो छ २१ सदस्यीय तदर्थ समिति:

कर्मा लामा तामाङ – अध्यक्ष,
अजीता राई – उपाध्यक्ष (प्रमुख, संगठन र रणनीति,
छिरिङ तामाङ – सचिव, नीति, अनुसन्धान तथा विश्लेषण,
संगीता बाटाजु – सचिव, प्रशिक्षण तथा क्षमता विकास,
शशि विक्रम कार्की – सचिव, अभियान र सञ्जाल,
विजय बाबु शिवाकोटी – प्रवक्ता (प्रमुख, सूचना तथा सञ्चार) रहेका छन्।

संघीय समितिका अन्य सदस्यहरूमा विशाल विक्रम निरौला, कृष्णदेव भण्डारी, साधना राई, किरन साह, सन्तोष घिमिरे, जमाल अली, मोहना मोथे खनाल, अन्जन निरौला, सुनीता बाटाजु, समिर वली, सतिष बाबु कार्की, आशीष राई, जङ्गे बहादुर कुँवर, अमृत विष्ट र लक्ष्मण श्रेष्ठ रहेका छन्।

२०६९ सालदेखि शुरु भएको विवेकशील आन्दोलनलाई जोगाएर समय सापेक्ष सुधार गर्दै अगाडि बढाउन यस दल प्रतिबद्ध रहेको प्रवक्ता शिवाकोटीले बताए।

त्यसलाई हासिल गर्ने माध्यमको रूपमा २०७७ सालमा तत्कालीन विवेकशील नेपाली तथा साझा पार्टीबीच भएको एकीकरणमा सहभागी नभई छुट्टै रूपमा यसले राजनीतिक तथा सांगठनिक गतिविधि गर्दै आएको थियो। शिवाकोटीले पार्टीका राजनीतिक दस्तावेज, विधानहरू चाँडै नै सार्वजनिक गरिने जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...