News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • निर्वाचन आयोगमा दर्ता भयो नेपाल विवेकशील पार्टी

    हिमालीसंचार संवाददाता
    १९५ पटक

    काठमाडौं।
    निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ। विवेकशील पार्टीको नामबाट गत वर्षको पुसदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगले नेपाल विवेकशील पार्टीको नाम दर्ता गरेको हो।

    गत कार्तिक ३० गते बसेको आयोगको बैठकले नेपाल विवेकशील पार्टीको नाममा दर्ता गर्ने निर्णय गरेको हो। पार्टीको अध्यक्ष कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ भने, पार्टीको चुनाव चिह्न कुकुरको मुखाकृति रहेको छ। पार्टीको दर्ता नम्बर १७४ रहेको छ।

    पार्टीको राजनीतिक दर्शन रूपान्तरणकारी मार्ग (र्याडिकल सेन्ट्रिजम) हो भने सामाजिक दर्शन मानवता, समानता, स्वतन्त्रता र स्वाभिमान हुनेछ। आर्थिक दर्शनको रूपमा समन्वयनकारी पुँजीवाद रहने बताइएको छ।

    दलको राजनीतिक प्रस्थान बिन्दू सहभागीतामूलक लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षता हुनेछ भने दलका सदस्यहरूलाई व्यक्तिगत रुपमा बाटो देखाउने मूल्य मान्यताहरूमा निष्ठा, पारदर्शिता, साहस, समानुभूति, विनम्रता, उत्कृष्टता हुने पार्टी प्रवक्ता विजयवाबु शिवाकोटीले जानकारी दिए।

    दललाई संस्थागत रुपमा चुस्त बनाउने मूल्य–मान्यताहरुमा जवाफदेहीता, कार्य कौशलता, ठगी, भ्रष्टाचार, हिंसा, उत्पीडन, भेदभावविरुद्ध शून्य सहनशीलता, समावेशीता, सुयोग्यता, आन्तरिक सहभागितामूलक लोकतन्त्र रहने पनि बताइएको छ।

    यस्तो छ २१ सदस्यीय तदर्थ समिति:

    कर्मा लामा तामाङ – अध्यक्ष,
    अजीता राई – उपाध्यक्ष (प्रमुख, संगठन र रणनीति,
    छिरिङ तामाङ – सचिव, नीति, अनुसन्धान तथा विश्लेषण,
    संगीता बाटाजु – सचिव, प्रशिक्षण तथा क्षमता विकास,
    शशि विक्रम कार्की – सचिव, अभियान र सञ्जाल,
    विजय बाबु शिवाकोटी – प्रवक्ता (प्रमुख, सूचना तथा सञ्चार) रहेका छन्।

    संघीय समितिका अन्य सदस्यहरूमा विशाल विक्रम निरौला, कृष्णदेव भण्डारी, साधना राई, किरन साह, सन्तोष घिमिरे, जमाल अली, मोहना मोथे खनाल, अन्जन निरौला, सुनीता बाटाजु, समिर वली, सतिष बाबु कार्की, आशीष राई, जङ्गे बहादुर कुँवर, अमृत विष्ट र लक्ष्मण श्रेष्ठ रहेका छन्।

    २०६९ सालदेखि शुरु भएको विवेकशील आन्दोलनलाई जोगाएर समय सापेक्ष सुधार गर्दै अगाडि बढाउन यस दल प्रतिबद्ध रहेको प्रवक्ता शिवाकोटीले बताए।

    त्यसलाई हासिल गर्ने माध्यमको रूपमा २०७७ सालमा तत्कालीन विवेकशील नेपाली तथा साझा पार्टीबीच भएको एकीकरणमा सहभागी नभई छुट्टै रूपमा यसले राजनीतिक तथा सांगठनिक गतिविधि गर्दै आएको थियो। शिवाकोटीले पार्टीका राजनीतिक दस्तावेज, विधानहरू चाँडै नै सार्वजनिक गरिने जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २९, २०८१ (अप्रिल ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...