News Portal

विभिन्न पार्टी परित्याग गरि गोल्चेका युवाहरु माओवादीमा प्रवेश

हिमालीसंचार संवाददाता
२३८ पटक

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउपालिका वडा न. २ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ। सो सम्मेलनले वडा अध्यक्षमा तिर्थ लामिछने, उपाध्यक्षमा लाक बहादुर गोले, सचीवमा हिराबहादुर स्याङबो र सहसचिवमा सुक बहादुर स्याङबो सहितको २९ सदस्यिय वडा कमिटि निर्वाचित भएका छन् ।

उक्त वडा अधिवेशनको सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य माधब सापकोटा सुबोधले समाजको परिवर्तन र विकासका लागि माओवादी पार्टी एक मात्रै बिकल्प रहेको बताएका थिए। 

शुखि समाज र समृद्ध मुलुक बनाउनको लागि पुन एक पटक देश माओवादी मय हुन जरुरी रहेको बताएका थिए। यसको लहर शुरु भइसकेको समेत उनले बताए । 

यस्तै, कार्यक्रमलाई सम्बोधान गर्दै पाटी तथा गाँउपालिकाका अध्यक्ष नेता रेशम स्याङबोले भ्रमको खेती छर्दै हिँडने पालिका अध्यक्ष होम नारायण श्रेष्ठ जनताको सेवक नभइ शासक रहेको बताएका छन् । उनले सवै जनतालाई भ्रमको पछि नलाग्न समेत आग्रह गरेका छन् ।

सो वडा सम्मेलनमा विभिन्न परित्याग गरि दर्जनौं युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशी युवाहरू सिन्धुका युवा नेता सापकोटाले स्वागत गरेका छन् । 

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र सिन्धुपालचोक जिल्ला सदस्य तथा जुगल गाउँपालिका ईन्चार्ज पदम बहादुर श्रेष्ठ, जिल्ला सदस्य बहादुर गोले, पालिका सचिव जग बहादुर तामाङ, अखिल क्रान्तिकारी महिला संगठन सिन्धुपालचोक जिल्ला को अध्यक्ष अम्बिका नेपाल, वाइसियल सिन्धुपालचोक जिल्ला संयोजक चित्र बहादुर तामाङ, जुगल २ का वडाअध्यक्ष प्रताप लामा लगायतको अपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...