News Portal

जसपा बेलायतको नयाँ नेतृत्वमा विनोद पुमा राई

हिमालीसंचार संवाददाता
३१३ पटक

बेलायत – गत १८ नोभेम्बर २०२१ का दिन जनता समाजवादी पार्टी प्रवास संगठन विभाग बेलायतको राष्ट्रिय समिति अन्तर्गतको केन्ट शाखाको अध्यक्षमा विनोद राई निर्वाचित भएका छन् । फोक्स्टोन चेरिटनमा नेपाली समाज युके राष्ट्रिय समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले केन्ट शाखाको नयाँ नेतृत्व चयन गरेको हो।

नेतृत्वमा अध्यक्ष विनोद पुमा राई, उपाध्यक्षमा सुभास राई, सचिव डा. महाप्रसाद राई, कोषाध्यक्षमा शिभ राई र सदस्यहरुमा क्रमशः प्रश्ना राई, रिटायर्ड क्याप्टेन सुमनचन्द्र राई, प्रताप राई, शिव लामा गुरुङ, हरिकुमार राई र खिल कुमार राई रहेका छन् ।

जसपा प्रवास बिशेष प्रदेश समितिका मुख्य–सचिव विश्वास दीप तिगेलाको प्रमुख आतिथ्य र समाजवादी विद्यार्थी यूनियन केन्द्रीय समितिका सचिव रामचन्द्र राईको आतिथ्यता रहेको कार्यक्रमलाई नेपाली समाज युकेका सहअध्यक्ष कमल राईले स्वागत साथै नेता र नेतृत्वको सम्बन्धमा प्रशिक्षण दिएका थिए । नेपाली समाज युकेको गतिविधि तथा उपलब्धिहरुको बारेमा सभाध्यक्ष स्वयं गुरुङले पावरप्वाइन्ट प्रिजेन्टेसन दिएका थिए ।

दोस्रो सेसन अन्तर्गत निर्वाचन समितिको संयोजकमा विश्वास दीप तिगेला, सचिव रामचन्द्र राई र सदस्य मिलन राई रहेको समितिले सर्वसम्मत नयाँ नेतृत्वको घोषणा गरेका हुन् । नवनिर्वाचित पदाधिकारीहरुलाई संयोजक तिगेलाले सफथ ग्रहण खुवाएका थिए । नयाँ नेतृत्वलाई पूर्व अग्रगामी समितिका संयोजक मध्येका एक अधिवक्ता चण्डिका राईले पनि समाजवाद, पूजीवाद र साम्यवादको बारेमा प्रष्ट पार्दै नयाँ नेतृत्वलाई शुभ कामना दिएका थिए ।

निर्वाचित घोषणा लगतै महासचिव डा. राई र अध्यक्ष राइले पार्टीको उद्देश्य प्राप्तिको निमित्त कर्तब्यनिष्ट भई काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। 

पूर्व नयाँशक्ति पार्टी र सघीय समाजवादी फोरम नेपाल बीच एकता पछि बनेको नेपाली समाज युकेको अधिवेशन आउदो १२ फेब्रवरीमा हुने मिति तय भए संगै नेसा युकेका विभिन्न शाखाहरुमा धमाधम अधिवेशन तथा पूर्नगठन भईरहेको छ । केही दिन अघि श्रीमती शान्तकला राईको नेतृत्वमा जसपा लण्डन शाखाको नेतृत्व चयन भईसकेको छ भने यहि हप्ता अल्डरसुट शाखाको पनि अधिवेशन हुदैछ ।

नेसा युकेको ६ वटा शाखाहरु क्रियाशिल रहेका छन भने आगामी नेतृत्वका आकाक्षीहरु बढि क्रियाशिल भईरहेका देखिन्छन । पार्टी सरकारमा सहभागी भएसंगै पार्टीप्रति आकार्षण बढेको छ । कार्यक्रमलाई नेसा युकेका महासचिव मिलन राईले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...