News Portal

जसपा बेलायतको नयाँ नेतृत्वमा विनोद पुमा राई

हिमालीसंचार संवाददाता
२६७ पटक

बेलायत – गत १८ नोभेम्बर २०२१ का दिन जनता समाजवादी पार्टी प्रवास संगठन विभाग बेलायतको राष्ट्रिय समिति अन्तर्गतको केन्ट शाखाको अध्यक्षमा विनोद राई निर्वाचित भएका छन् । फोक्स्टोन चेरिटनमा नेपाली समाज युके राष्ट्रिय समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले केन्ट शाखाको नयाँ नेतृत्व चयन गरेको हो।

नेतृत्वमा अध्यक्ष विनोद पुमा राई, उपाध्यक्षमा सुभास राई, सचिव डा. महाप्रसाद राई, कोषाध्यक्षमा शिभ राई र सदस्यहरुमा क्रमशः प्रश्ना राई, रिटायर्ड क्याप्टेन सुमनचन्द्र राई, प्रताप राई, शिव लामा गुरुङ, हरिकुमार राई र खिल कुमार राई रहेका छन् ।

जसपा प्रवास बिशेष प्रदेश समितिका मुख्य–सचिव विश्वास दीप तिगेलाको प्रमुख आतिथ्य र समाजवादी विद्यार्थी यूनियन केन्द्रीय समितिका सचिव रामचन्द्र राईको आतिथ्यता रहेको कार्यक्रमलाई नेपाली समाज युकेका सहअध्यक्ष कमल राईले स्वागत साथै नेता र नेतृत्वको सम्बन्धमा प्रशिक्षण दिएका थिए । नेपाली समाज युकेको गतिविधि तथा उपलब्धिहरुको बारेमा सभाध्यक्ष स्वयं गुरुङले पावरप्वाइन्ट प्रिजेन्टेसन दिएका थिए ।

दोस्रो सेसन अन्तर्गत निर्वाचन समितिको संयोजकमा विश्वास दीप तिगेला, सचिव रामचन्द्र राई र सदस्य मिलन राई रहेको समितिले सर्वसम्मत नयाँ नेतृत्वको घोषणा गरेका हुन् । नवनिर्वाचित पदाधिकारीहरुलाई संयोजक तिगेलाले सफथ ग्रहण खुवाएका थिए । नयाँ नेतृत्वलाई पूर्व अग्रगामी समितिका संयोजक मध्येका एक अधिवक्ता चण्डिका राईले पनि समाजवाद, पूजीवाद र साम्यवादको बारेमा प्रष्ट पार्दै नयाँ नेतृत्वलाई शुभ कामना दिएका थिए ।

निर्वाचित घोषणा लगतै महासचिव डा. राई र अध्यक्ष राइले पार्टीको उद्देश्य प्राप्तिको निमित्त कर्तब्यनिष्ट भई काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। 

पूर्व नयाँशक्ति पार्टी र सघीय समाजवादी फोरम नेपाल बीच एकता पछि बनेको नेपाली समाज युकेको अधिवेशन आउदो १२ फेब्रवरीमा हुने मिति तय भए संगै नेसा युकेका विभिन्न शाखाहरुमा धमाधम अधिवेशन तथा पूर्नगठन भईरहेको छ । केही दिन अघि श्रीमती शान्तकला राईको नेतृत्वमा जसपा लण्डन शाखाको नेतृत्व चयन भईसकेको छ भने यहि हप्ता अल्डरसुट शाखाको पनि अधिवेशन हुदैछ ।

नेसा युकेको ६ वटा शाखाहरु क्रियाशिल रहेका छन भने आगामी नेतृत्वका आकाक्षीहरु बढि क्रियाशिल भईरहेका देखिन्छन । पार्टी सरकारमा सहभागी भएसंगै पार्टीप्रति आकार्षण बढेको छ । कार्यक्रमलाई नेसा युकेका महासचिव मिलन राईले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...