News Portal

माधव नेपालले देउवाकै अगाडि रामचन्द्र पौडेललाई कांग्रेस सभापति भनेपछि..

हिमालीसंचार संवाददाता
३८५ पटक

काठमाडौँ। काठमाडौंको मण्डिखाटारमा पतञ्‍जलि योगपीठले आयोजना गरेको कार्यक्रममा एकजना अतिथि थिए माधवकुमार नेपाल। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल बाबा रामदेवको निम्ता मान्न छोटो समय लिएर पुगेका थिए।

काठमाडौं बाहिर जानुपर्ने भएपछि उनले आयोजकसँग सबैभन्दा पहिले मन्तव्य राख्ने समय मागे। पतञ्‍जलिको दुई वटा स्याटेलाइट टिभी उद्घाटन कार्यक्रमका क्रममा बाबा रामदेवले समय दिँदै नेपाललाई पहिले बोल्न आग्रह गरे।

टीभी च्यानलको उद्घाटनअघि नै छोटो भनाइ राखेका नेपालले सुरुमै गडबड गरे। उनले बाबा रामदेवबाट सम्बोधन सुरु गरेर आचार्य बालकृष्ण हुँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई आदरणीय भनेर बोलाए। अध्यक्ष नेपालले त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्झिए। त्यसपछि उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्बोधन गरे।

कांग्रेसको १४ औँ अधिवेशनमा देउवालाई विस्थापित गरेर आफू सभापति हुने दौडमा छन् पौडेल। यस्तोमा नेता नेपालले पौडेललाई सम्बोधनका क्रममा अलमलिन पुगे। ‘नेपाली कांग्रेसका सभापति… ला, सभापति पो भनेछु’, उनी त्यहीँ रोकिए।

पौडेलको नाम लिएर सम्बोधन गर्दै गर्दा कांग्रेस सभापति बन्ने दौडमा रहेका विमलेन्द्र निधितर्फ उनको ध्यान गयो। त्यसपछि तत्कालै निधिले पनि अलमलिँदै नमस्कार गरे। केहीबेरको अलमलपछि फेरि नेपालले सम्बोधन गर्दै अघि बढे। ‘सभापति भनिहालेँ, भविष्यको हो कि हाम्रो रामचन्द्रजी!’ तर नेपालले उक्त सम्बोधन गरिरहँदा प्रधानमन्त्री एवम् सभापति देउवा पनि मञ्चमै थिए।

देउवा फेरि पनि कांग्रेस सभापतिमा दोहोरिने दाउमा छन्। यस्तोमा रामचन्द्रलाई अकमकिएर सभापति भनेका नेपालले कुरा मिलाउन थाले। मञ्चको अलिक पर रहेका देउवालाई लक्षित गर्दै नेपालले कुरा मिलाउने शैलीमा भने, ‘प्रधानमन्त्रीलाई चिसो पस्ला, तर केही छैन।’

त्यसपछि मञ्चमै रहेका देउवा मुस्कुराए। अनि हातले नेपाललाई इसारा गरे। यति बेलासम्म नेपालको उक्त गल्तीले दर्शकदीर्घसम्म हाँसो छुटिसकेको थियो। उक्त कार्यक्रमा प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपालसहितका नेताहरुले सम्बोधन गरेर रामदेव र आचार्य बालकृष्णको प्रशंसा गरे।

उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस वरिष्ठ नेता पौडेलसहितका सत्तारुढ दलका नेताहरु कार्यक्रममा सहभागी थिए। कांग्रेसका मन्त्रीदेखि नेताहरुसम्म दर्जनौँ सहभागी हुँदा प्रतिपक्षी एमालेका तर्फबाट भने अध्यक्ष ओलीसहित अन्य कोही नेता सहभागी थिएनन्।

कांग्रेसबाट उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा.नारायण खड्का, नेतृ सुजाता कोइरालासमेत सहभागी थिए। कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेता पनि सहभागी थिए। मधेसवादी दलका नेताहरु पनि उत्तिकै त्यहाँ थिए।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...