News Portal

कांग्रेस निर्वाचन समिति बैठक बस्दै

हिमालीसंचार संवाददाता
३२० पटक

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा समितिको बैठक बस्न लागेको हो।

बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि वडा अधिवेशन भइरहेको र शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तयारी कांग्रेसको छ। विभिन्न जिल्लाबाट आएका उजुरी र निर्वाचन हुन नसकेका ठाउँमा समन्वय गर्नेजस्ता कार्यका लागि आज निर्वाचन समितिको बैठक बस्न लागेको हो।

सिन्धुपाल्चोकमा २ वडामा अधिवेशन हुन सकेको छैन। रसुवामा पनि केही वडामा अधिवेशन हुन सकेको छैन। कांग्रेसले यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ।

अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाँकी जिल्लामा मंसिर १० भित्र जिल्ला अधिवेशन गर्नुपर्ने कार्यतालिका छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...