News Portal

कांग्रेस निर्वाचन समिति बैठक बस्दै

हिमालीसंचार संवाददाता
३८१ पटक

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा समितिको बैठक बस्न लागेको हो।

बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि वडा अधिवेशन भइरहेको र शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तयारी कांग्रेसको छ। विभिन्न जिल्लाबाट आएका उजुरी र निर्वाचन हुन नसकेका ठाउँमा समन्वय गर्नेजस्ता कार्यका लागि आज निर्वाचन समितिको बैठक बस्न लागेको हो।

सिन्धुपाल्चोकमा २ वडामा अधिवेशन हुन सकेको छैन। रसुवामा पनि केही वडामा अधिवेशन हुन सकेको छैन। कांग्रेसले यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ।

अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाँकी जिल्लामा मंसिर १० भित्र जिल्ला अधिवेशन गर्नुपर्ने कार्यतालिका छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...