News Portal

  • विश्वप्रकाशले सार्वजनिक गरे अवधारणा पत्र

    हिमालीसंचार संवाददाता
    १३५ पटक

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले१४औं महाधिवेशनमा दल र देश रुपान्तरणसम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका छन् । महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका प्रवक्ता शर्माले बुधबार चितवनमा एक कार्यक्रमका बीच अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।

    उनले देश रुपान्तरणका लागि दलमा रुपान्तरण अनिवार्य शर्त भएको उल्लेख गरेका छन् । दल रुपान्तरणका लागि दल र दलका भातृ एवं शुभेच्छुक संस्थाहरुको घरेलु जीवनको परिमार्जित व्यवस्थापन आवश्यक रहेकोमा शर्माको जोड छ ।

    ‘दलहरूको रुपान्तरण अपेक्षित गतिमा नभएकै कारण कतिपयले निर्वाचनमा ‘खराब मध्येको कम खराब’ लाई छान्ने अभिव्यक्ति दिने गर्दछन् । ‘राम्रो मध्येको बढि राम्रो’ दललाई जनताले छान्न पाउने परिस्थितिको निर्माण गर्न दलहरू बीच रुपान्तरणको प्रतिस्पर्धात्मक जोड चलोस् भन्ने जनअपेक्षा देखिन्छ,’ शर्माले अवधारणापत्रमा लेखेका छन्, ‘१४ औं महाधिवेशनपछि देशलाई सहि विचारको नेतृत्व, विचारलाई सहि राजनीतिको नेतृत्व, राजनीतिलाई सक्षम र स्वच्छ छविको नेतृत्व अनि विकास परियोजनाहरुलाई गलत राजनैतिक नियतको द्वन्द्वबाट मुक्त’ यो उच्चतम सोच र भावनालाई कांग्रेसले सम्बोधन र नेतृत्व गर्नुछ ।’

    प्रवक्ता शर्माले लोकतन्त्रमा दलको विकल्प दल नै भएको उल्लेख गर्दै राजनीतिक रुपान्तरण गर्न सफल दलहरुले आफैलाई रुपान्तरणका लागि गम्भीर बन्नुपर्ने बताएका छन् । उनले १४ औं महाधिवेशनपछि कांग्रेसले आफ्नो नेतृत्वमा भएका उपलब्धीलाई व्यापकरुपम प्रचार गर्नुपर्ने अवधारणा पत्रमा उल्लेख गरेका छन् । ‘अनि विगतमा सत्ता संचालन क्रममा भएका कतिपय कमजोरीलाई आत्मसात गरौं ।

    १४ औं महाधिवेशन पछिको नीति अधिवेशनबाट देशका लागि साझा १५ बर्षे सपना र संकल्पको खाका निर्माण गरौं,’ अवधारणापत्रमा लेखिएको छ, ‘राजनीति बाहिर रहेका कांग्रेसको शुभेच्छुक तर निस्चित बिषयको दक्ष व्यक्तित्वहरुलाई देश रुपान्तरणको महा अभियानमा उर्जायुक्त ढंगले सरिक गराउन आवश्यक निति र व्यवस्थापनको सोच तय गरौं ।’

    उनले कांग्रेसमा ४० बर्ष मुनिका कृयाशिल सदस्यको संख्या करिब ४० प्रतिशत रहेकाले प्रदेश र केन्द्रीय कार्यसमितिमा उनीहरुको प्रतिनिधित्वमा जोड दिएका छन् । ‘किशोर पुस्ताको नेतृत्व विकासलाई बल पुर्‍याउन प्रदेश र केन्द्र दुवैको अधिवेशनमा सहभागी हुने ३० या ४० बर्ष सम्मका प्रतिनिधिहरु उम्मेदवार बन्न पाउने र आपसमा प्रतिस्पर्धा गर्नेगरी केन्द्रिय समिति र प्रदेश समितिको १० प्रतिशतको संख्यालाई खुला प्रतिस्पर्धाबाट प्रदेश र केन्द्रको किशोर सदस्यका रूपमा ल्याउँदा त्यसले युवालाई प्रोत्साहित र प्रशिक्षित दुवै गर्नेछ,’ प्रवक्ता शर्माले भने ।

    भदौ २४ मा वीपी जयन्तीका दिन महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्माले असोज ३ मा राजनीतिमा परिवर्तनसम्बन्धी अवधारणा सार्वजनिक गरेका थिए ।

     

     

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal