News Portal

एमाले महाधिवेशन प्रतिनिधिमा प्रदेश सांसदलाई वडाध्यक्षले हराए

हिमालीसंचार संवाददाता
४०५ पटक

झापा।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर-४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहेका हिरा थापा पराजित भएका हुन्।

उनी १ नम्बर प्रदेशका निवर्तमान भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री हुन्। थापालाई शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले हराएका हुन्। श्रेष्ठले भन्दा ७३ मत कम पाउँदा थापा महाधिवेशन प्रतिनिधि हुन सकेनन्। शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।

मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र नम्बर ४ बाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुरूषतर्फको खुला प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरे। उनले १७०४ मत पाएका छन्।

यस्तै नेकपा एमाले शिवसताक्षी नगर कमिटीका निवर्तमान अध्यक्ष धनवहादुर थेवेले १५३२, शिवसताक्षी नगर पालिकाका प्रमुख चन्द्रकुमार शेर्माले १४६२ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

यस्तै पार्टीका झापा जिल्ला सचिवालय सदस्य शिवसताक्षीका राधाकृष्ण खनालले १४००, कनकाई नगरका खेमनाथ मिश्र १३४०, र शिवसताक्षीका भैरवकुमार श्रेष्ठले १३०२ मत पाएर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

महिलातर्फ सर्वाधिक मत ल्याएर झापा गाँउपालिकाकी अमृता राई प्रतिनिधि चुनिएकी छन्। उनले २३१४ मत पाएकी हुन्। उनले कुल खसेको मतको ७१.०९ प्रतिशत मत पाएकी हुन्।

यस्तै, कनकाई नगरपालिकाकी चम्पादेवी खनालले २२११ र शिवसताक्षीकी इन्दिरा बस्नेत (भरत)ले १९३० मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...