News Portal

सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

पदअनुकूलको आचरण र व्यवहार गर्न आफू प्रतिबद्ध छु- देवराज जोशी

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौँ।
सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख देवराज जोशीले आज धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा पुग्दा उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए।

विसं २०२० मा बाजुराको साविक कुलमाडौँ गाविस (हाल बुढीगङ्गा नगरपालिका–५मा) जन्मिएका उनी  प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटकपटक पक्राउ समृेत परेका थिए। बाजुराकै भानुदय माविमा प्रवेशिका परीक्षा(एसएलसी)उत्तीर्ण गरेका उनले कैलाली बहुमुखी क्याम्पस धनगढीबाट प्रमाणपत्र तह र त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट अङ्ग्रेजी विषयमा डिप्लोसम्मको अध्ययन गरेका थिए।

विसं २०४६ मा भएको राजनैतिक परिवर्तनसँगै २०४८ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित उनी देशकै कान्छो प्रतिनिधिसभा सदस्य थिए। नेपाली कांग्रेसले टिकट दिएपछि उनी भानुदय माविको शिक्षक पदबाट राजीनामा गरेर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए। उनी पहिलो संविधान सदस्यका लागि भएको निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए। सशस्त्र युद्धको समयमा तत्कालिन बिद्रोही माओवादीले विसं २०५८ मा उनलाई अपहरण गरेर ८२ दिनसम्म बेपत्ता पारेको थियो।

पदभार ग्रहणपछि रासससँग कुरा गर्दै उनले सबैको सहयोगमा आफूले पदीय जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूप्रति विश्वास र भरोसा गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै उनले भने, ‘पदअनुकूलको आचरण र व्यवहार गर्न आफू प्रतिबद्ध छु, काम गर्दा सबैबाट सहयोग प्राप्त हुने विश्वासमा छु।’ देश सङ्घीय संरचनामा गएसँगै सुदूरपश्चिम प्रदेशमा नियुक्त हुने उनी चौथो प्रदेश प्रमुख हुन्।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...