News Portal

गोरखाको विकट गाउ गाउमा घरदैलो गर्दै बाबुराम भट्टराई

हिमालीसंचार संवाददाता
२९३ पटक

काठमाडौं – महिनामा कम्तीमा एकपटक गृहजिल्ला गोरखा जाने र जनताका घरमा बसोबास गर्दै आएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई यसपालि ११ दिने अभियानअन्तर्गत गोरखाका गाउँ-गाउँ पुगेका छन्।

चुनावकै बेलाजस्तै गरी भट्टराई जनताका घरदैलोमा पुगेका छन्। उनी मंसिर ३ गतेसम्म गोरखाका क्षेत्र नम्बर १ र २ का विभिन्न बस्ती पुग्ने र जनताका कुरा सुन्ने तथा कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम छ। भट्टराई सडक नपुगेका क्षेत्रमा लौरी टेकेरै पुगेका हुन्।

जसपाको संगठन सुदृढीकरण तथा गोरखाका जनतासँग कुराकानी गर्न भन्दै उनी गाउँगाउँ पुगी रहेका छन्। भट्टराईले गाउँमा जसपाका नेता तथा कार्यकर्ता मात्र होइन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्तासँग पनि कुराकानी गरिरहेका छन्।

भट्टराईको साथमा जसपा नेतृ भट्टराई पत्नी यमी र गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्य, गोरखा जसपा अध्यक्ष यानप्रसाद भट्ट, पूर्वसभासद ज्ञानेन्द्र कुमाललगायत नेताहरू पनि गाउँगाउँमा पुगेका हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...