News Portal

गोरखाको विकट गाउ गाउमा घरदैलो गर्दै बाबुराम भट्टराई

हिमालीसंचार संवाददाता
३४३ पटक

काठमाडौं – महिनामा कम्तीमा एकपटक गृहजिल्ला गोरखा जाने र जनताका घरमा बसोबास गर्दै आएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई यसपालि ११ दिने अभियानअन्तर्गत गोरखाका गाउँ-गाउँ पुगेका छन्।

चुनावकै बेलाजस्तै गरी भट्टराई जनताका घरदैलोमा पुगेका छन्। उनी मंसिर ३ गतेसम्म गोरखाका क्षेत्र नम्बर १ र २ का विभिन्न बस्ती पुग्ने र जनताका कुरा सुन्ने तथा कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम छ। भट्टराई सडक नपुगेका क्षेत्रमा लौरी टेकेरै पुगेका हुन्।

जसपाको संगठन सुदृढीकरण तथा गोरखाका जनतासँग कुराकानी गर्न भन्दै उनी गाउँगाउँ पुगी रहेका छन्। भट्टराईले गाउँमा जसपाका नेता तथा कार्यकर्ता मात्र होइन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्तासँग पनि कुराकानी गरिरहेका छन्।

भट्टराईको साथमा जसपा नेतृ भट्टराई पत्नी यमी र गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्य, गोरखा जसपा अध्यक्ष यानप्रसाद भट्ट, पूर्वसभासद ज्ञानेन्द्र कुमाललगायत नेताहरू पनि गाउँगाउँमा पुगेका हुन्। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...