News Portal

  • कांग्रेसको आड लिएर मन्त्री बनेकाहरूलाई जमानत जोगाएर देखाउन केपी ओलीको चुनौति

    हिमालीसंचार संवाददाता
    २२२ पटक

    बिराटनगर।
    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर मन्त्री बनेका नेताहरूलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौति दिएका छन्। सोमबार नेकपा (एमाले) मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले छाडेर मन्त्री बनेका नेताहरूलाई आगामी निर्वाचनमा जमानत जोगाउन चुनौति दिएका हुन्।

    ‘ओलीले सिट धेरै आएर, जनमत भएर होइन अहिले एमालेको आधा सिट पनि कुनै दलको छैन’, उनले भने, ‘एमाले छाडेर मन्त्री भएकाहरूले आगामी निर्वाचनमा जित्ने कुरा छाडिदिऔं जमानत मात्रै जोगाएर देखाउन् त।’ एमालेले लगाएको जुँगामा ताउमात्रै लगाएर नहुने उनले स्पष्ट पारे।

    ओलीले आगामी निर्वाचनमा नेकपा एमालेले फेरि बहुमत ल्याउने दाबी गर्दै दुई तिहाई बहुमतले उधुमसँग सरकार चलाईरहेको बेला विरोधी पार्टीलाई प्रधानमन्त्री बनाउन पार्टी भित्रकै केही नेताहरूले भूमिका खेलेको बताए। उनले अब, एमालेले कुनै पार्टीसँग पनि एकता नगर्ने स्पष्ट पारे।

    उनले भने, ‘अब, अलमलिएका कार्यकर्ता मात्रै पार्टीमा ल्याउने हो कुनै पार्टीसँग एकता गरेर कुहिएको फल पार्टीमा भित्र्याउने हैन।’ उनले प्रचण्डप्रति लक्षित गर्दै भने, ‘भेट्नु कुहिएको फर्सिंलाई टाँसेर फल नसप्रिने भएकाले अब, टाँस्ने हैन कुहिन दिनुपर्छ।’

    ओलीले ५ दलीय गठबन्धनको सरकार गन्तव्यविहीन बनेको आरोप लगाए। उनले एमालेले चाहे एक सातामै सरकार ढालिदिने भएपनि केही समय रमाइलो हेर्न सरकारलाई नचलाएको स्पष्ट पारे। उनले सरकारका ५ जना नेताहरू ५ तिर फर्केर पाँचखाले कुरा गर्दै हिँडेको बताए।

    उनले सरकारलाई लुतो लागिसकेकाले अरुले चलाउनै नपर्ने सरकारको रौ आफै झरेर खुइलिने बताए। आगामी स्थानीय तहको निर्वाचनमै विकाउ मालहरूलाई एमालेले खोलाले फोहोर पाखा लगाएजस्तै पाखा लगाइदिन उनले बताए।

    उनले कांग्रेस बाहेक अरु दलसँग एमालेको प्रतिश्पर्धा नहुने स्पष्ट पारे। अरु दलहरू कांग्रेसको औला समातेर हिँड्न खोजिरहेको उनको आरोप छ। केही कम्युनिष्ट पार्टीहरूले कांग्रेसको आड लिएर एमालेतिर लात्ता देखाइरहेको उनले बताए।

    उनले अदालतले सेटिङमा परमादेशको फैसला गरेको बताउँदै अदालतको फैसला मानेर दलहरूले मात्रै अदालतको मर्यादा जोगाउन नसक्ने स्पष्ट पारे। कार्यक्रममा एमालेका सचिव भीम आचार्य, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, महानगर कमिटी अध्यक्ष सागर थापालगायतले शुभकामना मन्तव्य राखेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...