News Portal

कांग्रेसको आड लिएर मन्त्री बनेकाहरूलाई जमानत जोगाएर देखाउन केपी ओलीको चुनौति

हिमालीसंचार संवाददाता
२७१ पटक

बिराटनगर।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर मन्त्री बनेका नेताहरूलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौति दिएका छन्। सोमबार नेकपा (एमाले) मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले छाडेर मन्त्री बनेका नेताहरूलाई आगामी निर्वाचनमा जमानत जोगाउन चुनौति दिएका हुन्।

‘ओलीले सिट धेरै आएर, जनमत भएर होइन अहिले एमालेको आधा सिट पनि कुनै दलको छैन’, उनले भने, ‘एमाले छाडेर मन्त्री भएकाहरूले आगामी निर्वाचनमा जित्ने कुरा छाडिदिऔं जमानत मात्रै जोगाएर देखाउन् त।’ एमालेले लगाएको जुँगामा ताउमात्रै लगाएर नहुने उनले स्पष्ट पारे।

ओलीले आगामी निर्वाचनमा नेकपा एमालेले फेरि बहुमत ल्याउने दाबी गर्दै दुई तिहाई बहुमतले उधुमसँग सरकार चलाईरहेको बेला विरोधी पार्टीलाई प्रधानमन्त्री बनाउन पार्टी भित्रकै केही नेताहरूले भूमिका खेलेको बताए। उनले अब, एमालेले कुनै पार्टीसँग पनि एकता नगर्ने स्पष्ट पारे।

उनले भने, ‘अब, अलमलिएका कार्यकर्ता मात्रै पार्टीमा ल्याउने हो कुनै पार्टीसँग एकता गरेर कुहिएको फल पार्टीमा भित्र्याउने हैन।’ उनले प्रचण्डप्रति लक्षित गर्दै भने, ‘भेट्नु कुहिएको फर्सिंलाई टाँसेर फल नसप्रिने भएकाले अब, टाँस्ने हैन कुहिन दिनुपर्छ।’

ओलीले ५ दलीय गठबन्धनको सरकार गन्तव्यविहीन बनेको आरोप लगाए। उनले एमालेले चाहे एक सातामै सरकार ढालिदिने भएपनि केही समय रमाइलो हेर्न सरकारलाई नचलाएको स्पष्ट पारे। उनले सरकारका ५ जना नेताहरू ५ तिर फर्केर पाँचखाले कुरा गर्दै हिँडेको बताए।

उनले सरकारलाई लुतो लागिसकेकाले अरुले चलाउनै नपर्ने सरकारको रौ आफै झरेर खुइलिने बताए। आगामी स्थानीय तहको निर्वाचनमै विकाउ मालहरूलाई एमालेले खोलाले फोहोर पाखा लगाएजस्तै पाखा लगाइदिन उनले बताए।

उनले कांग्रेस बाहेक अरु दलसँग एमालेको प्रतिश्पर्धा नहुने स्पष्ट पारे। अरु दलहरू कांग्रेसको औला समातेर हिँड्न खोजिरहेको उनको आरोप छ। केही कम्युनिष्ट पार्टीहरूले कांग्रेसको आड लिएर एमालेतिर लात्ता देखाइरहेको उनले बताए।

उनले अदालतले सेटिङमा परमादेशको फैसला गरेको बताउँदै अदालतको फैसला मानेर दलहरूले मात्रै अदालतको मर्यादा जोगाउन नसक्ने स्पष्ट पारे। कार्यक्रममा एमालेका सचिव भीम आचार्य, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, महानगर कमिटी अध्यक्ष सागर थापालगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...