News Portal

  • राप्रपा अधिवेशन: नेतृत्वमा पाँच नेताहरु आकांक्षी

    हिमालीसंचार संवाददाता
    २५२ पटक

    रोमन आचार्य, काठमाडौं।
    ११ कात्तिकमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्‍यो तर, पार्टीले यसअघिनै कार्यतालिका संशोधन गर्दै कात्तिक २७ देखि ३० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो।

    पार्टीले सक्रिय सदस्य बनाउने अवधि भने बढाएर कात्तिक १५ गतेसम्मलाई पुर्‍याउने सोही बैठकले निर्णय गर्‍यो। बैठकमा बाँकी रहेका जिल्लामा अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्ने तथा कात्तिक २८ मा प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ।

    यस्तै, मंसिर १ देखि ३ गतेभित्र सक्रिय सदस्यमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी छ। पार्टी निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेत तोकिएको केही दिन अघि संशोधन भएको कार्यतालिकाबमोजिम पार्टी अधिवेशन सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउँछन्।

    “केही साँच्चै ठूलो प्राविधिक समस्या आएमात्र हो, नभए हामीले पाएको जिम्मेवारी पूरा गर्छौँ तोकिएको समयमा अधिवेशन गराउँछौं,” उनले भने। संयोजक थापाका अनुसार हालसम्म पार्टीले ६१ जिल्लाको जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गरिसकेको छ।

    बाँकी दिनभित्र १६ जिल्लाको अधिवेशन सक्नुपर्ने वाध्यतामा समिति र पार्टी छ। “अब पनि अधिवेशन नगर्ने हो भने जिल्ला जिल्लामा पार्टी परित्याग गरेर अन्य दल प्रवेश गर्नेहरु झन् झन् बढ्ने छन्,” राप्रपाका एक नेताले बाह्रखरीसँग भने।

    ढिलाइ किन ? 
    कमल थापाले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) २०७६ फागुन अन्तिम सातातिर एकीकृत भए। २ दल एकीकृत भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बन्यो र सोही अनुरुप निर्वाचन आयोगले पनि प्रमाणपत्र दियो।

    पार्टीले गएको फागुनमा जारी गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, २०७७ अनुसार पार्टीले २०७८ वैशाख २५ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो। जसका लागि २०७७ फागुन १५ गतेदेखि सक्रिय सदस्यता वितरण गर्ने उक्त निर्देशिकामा उल्लेख गरिएको छ।

    वैशाखमा गर्ने तयारी गरेको महाधिवेशनका लागि पार्टीले २६ फागुनदेखि १० चैतसम्ममा पार्टीको वडादेखि पालिका तहसम्मको अधिवेशन सक्ने भनि उल्लेख गरिएको छ तर, कोभिड संक्रमण देशव्यापी बनेको र देशभर लकडाउन भएकाले पार्टीले तोकिएको समयभित्र अधिवेशन गर्न नसकेको राप्रपाका नेताहरु बताउँछन्।

    नेता भुवन पाठक पार्टीको आन्तरिक तयारी र कोभिड संक्रमणका कारण अधिवेशन तोकिएको समयमा हुन नसकेको बताउँछन्। “कारण त कोभिड संक्रमण नै हो नि, त्यसमाथि दलहरु मिलेपछि दल समायोजनका कुराहरु पनि छन्, अन्य प्राविधिक कुराहरु पनि छन् जसले समयमै अधिवेशन गराउन सम्भव भएन,” उनले भने।

    त्यसो त निर्देशिका बमोजिम निर्वाचन समितिले पार्टीको वडा तहको अधिवेशन २६ फागुन २०७७ बाटै शुरुवात गरेको हो। तर, वडा अधिवेशन सुरु भएको एक वर्ष पुग्न लाग्दासमेत राप्रपाले ७७ जिल्लाको जिल्ला तहको अधिवेशननै गर्न सकेको छैन।

    आखिर किन त ? नेता किशोर कार्की पार्टी समायोजनमा देखिएको सकस पनि कारक भएको तर्क गर्छन्। एकभन्दा बढी दलहरुलाई मिलान गर्न आवश्यक केन्द्रीय महाधिवेशन गर्न सकस पर्ने बुझाइ राप्रपाभित्र छ। जिल्लाहरुमा देखिएको पार्टी समायोजन विवादले राप्रपाभित्र समस्या जटिल बन्दै गएको हो।

    “कतिपय जिल्लाहरुमा पार्टी समायोजनमा सकस देखा परे, त्यसले सदस्यता वितरणमा समस्या परेकै हो,” कार्कीले बाह्रखरीसँग भने,“स्वाभाविक हो महाधिवेशनमा यस्ता समस्या देखिन्छन्, यो त अझ एकभन्दा बढी पार्टीहरुलाई एक बनाउने अवसर हो।”

    आकांक्षी पुरानै !
    अहिले राप्रपामा तीन जना अध्यक्ष छन्। पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा अध्यक्षत्रय छन्। महाधिवेशनले पार्टीभित्र एक अध्यक्ष मात्र बन्दै छन्। त्यसकारण पनि पार्टीमा अहिले देखिएका अध्यक्षत्रय नै महाधिवशेनमा पार्टी अध्यक्षको रुपमा चुनावी मैदानमा उत्रँदैछन्।

    अध्यक्ष पशुपति शमशेर जबरा पार्टी अध्यक्ष बन्न दौडधुप गरिरहेका उनी निकट नेताहरु बताउँछन्। यस्तै कमल थापा पनि अध्यक्ष बन्ने दौडमा छन्। प्रकाशचन्द्र लोहनी भने नेतृत्व पुस्तानान्तरणको पक्षमा उभिएको एक नेताले बताए।

    अर्को पुस्ताबाट राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देन र नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणा अध्यक्षको आकांक्षी छन्। केही दिनअघि सम्पन्न भएको बैठकमा नेता लिङ्देनले नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा आवाज नै उठाएका थिए।

    पशुपति शमशेर निकट मानिने एक नेता भने वर्तमान समयमा जबरा र कमल थापा चुनाव लड्ने मनस्थितिमा छन्। उनका अनुसार लोहनी भने धवल वा, राजेन्द्रमा नेतृत्व जानुपर्ने पक्षमा उभिएका छन्। अहिलेसम्मको परिस्थितिमा पाँचजना अध्यक्षका आकांक्षी छन्।

    “दुई अध्यक्ष र दुई अर्को पुस्ताबाट चुनाव लड्छन् त्यो पक्का हो, अन्तिमसम्ममा डा.लोहनी पनि लड्ननै हो,” उनी भन्छन्। नेता, भुवन पाठक अहिले नेतृत्वमा को जाने भन्ने बहस हुनु सामान्य भएको तर्क गर्छन्। “सहमति गरेर नेतृत्व टुंगोमा पुर्‍याउनेमा म ढुक्क छुँ,” उनी भन्छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...

    रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

    काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान...

    आज २०८२ साल असार २४ गतेको राशिफल

    आज असार २४, २०८२ (जुलाई ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...