News Portal

नारायणकाजी सत्ता गठबन्धनसँग असन्तुष्ट, शीर्ष नेताहरु सच्चिने बेला भइसक्यो

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाडौँ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनको कार्यशैलीमा असन्तुष्टि प्रकट गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरेको पाँच दलको गठबन्धन अहिले शीर्ष नेताहरुको गठबन्धनमा परिणत भएको भन्दै अन्य नेतालाई भूमिका नदिएकोमा उनले आपत्ति जनाएका छन्।

गठबन्धनको भूमिका प्रभावकारी बनाउन गठन गर्ने भनिएको समन्वय समिति पनि अहिलेसम्म बन्न नसकेकोमा उनले रोष प्रकट गरेका छन्। ‘५ दलीय गठबन्धनको केही समयअघिको बैठकले गठबन्धनको प्रभावकारी भूमिकाका निम्ति दलीय समन्वय समिति बनाउने निर्णय गरेको थियो,’ उनले भनेका छन्, ‘तर अहिलेसम्म पनि त्यो निर्णय कार्यान्वयन नहुनु उचित होइन। त्यसैले तत्काल त्यस्तो समिति बनाउने निर्णय गरौँ।’

श्रेष्ठका अनुसार सरकार सञ्चालन संयन्त्र भन्दा फरक समिति बनाएर गठबन्धन अघि बढाउने कुरा कार्यान्वयन हुन नसकेको हो। उनले प्रतिनिधिसभा पुन:स्थापना अघिसम्म माथिदेखि तलसम्म नेता कार्यकर्ता आन्दोलित भएको पनि स्मरण गराएका छन्। तर अहिले गठबन्धन शीर्ष नेतामै सीमितिकोमा उनले असन्तुष्टि जनाएका छन्।

‘अदालतले संविधानसम्मत प्रतिनिधिसभा सुचारु गरेर देउवा सरकार गठन भएयता सङ्घर्षको बेलाको दलहरुको गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धनमा परिणत भएजस्तो देखिनु राम्रो होइन’, उनले अगाडि भनेका छन्, ‘के सरकार बनेपछि निर्णय प्रक्रिया फराकिलो घेराबाट साँघुरो घेरामा सर्ने यस्तो स्थितिको पुनरावृत्ति हाम्रो नियति झैँ बन्न मिल्छ र? सच्चिऔँ।’

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...