News Portal

नेता राईको पारिवारिक जमघटलाई सामाजिक सञ्जालमा गलत प्रचार

हिमालीसंचार संवाददाता
२७८ पटक

विराटनगर – प्रदेश १ को प्रस्तावित मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई विवादमा तान्ने प्रयास भएको छ । लामो समयपछि पारिवारिक भेटघाटमा रहेका राईको पारिवारिक मामिलालाई सामाजिक सञ्जालमा छताछुल्ल पारेर बदनाम गर्ने दुसप्रयास गरिएको नेकपा समाजवादीका ओखलढुंगा अध्यक्ष हंशराज वाग्लेले बताए ।

भोजपुर स्याथी घर भएका राई प्रदेश सभा सदस्य भएपछि इटहरीमा डेरा गरि बस्दै आएका थिए । नेकपा समाजवादीको संसदीय दलको नेता भएपछि उनी केहि समयदेखी कार्यकर्ता छलफल मिटिङ, भेटघाटको लागि होटेल इन्टुरिस्टमा इटहरीमा बस्दै आएका थिए । उनको खानपिनको मेनेजमेन्ट होटेलले नै गर्दै आएको थियो।

सो होटेलबाट कार्यकर्ता लेबलका हामी छलफल, सकेर भोलि सपथ ग्रहणको लागि पार्टीको तर्फबाट पूर्व तयारीको लागि आवश्यक व्यवस्थापन गर्ने भनेर निस्किएका थियौं, उक्त माहोलमा पार्टीका मान्छे कोहि थिएनौ नेता हंशराज वाग्लेले भने, नितान्त पारिवारिक मामिलालाई कसैले लिक गरेर गलत प्रचार गरिएको रहेछ।

वाग्लेले भने, पारिवारिक खुशीयालीलाई गलत प्रचार गर्नु र सार्वजनिक गर्नु गलत हो । यसमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेता राईको परिवारले पारिवारिक खुशीमा केक काटेर खुशी साटेका थिए। जातिय संस्कार अनुसार बियर स्याम्पियन फोडेर सेलिब्रेसन गरिएको रहेछ। तर पारिवारिक खुशीयालीलाई कसैले लिक गरेपछि जाँडपार्टी भन्दै सामाजिक सञ्जालमा गलत प्रचार गर्नु दुश्सप्रयास हो ।

नेता राई जाँडरक्सी सेवन नगर्ने तथा कर्तब्यनिष्ठ एवम् इमान्दार नेतामा पर्दछन्। तर कुत्सित मनसाय बोकेका कसैले बदनाम गर्न खोज्दै केहि लछारपटार नलाग्ने वाग्लेले बताए । यो सरकारले एक नम्बर प्रदेश जनताको काम गरेर कसरी मन जित्नुपर्छ भन्ने कुरा राम्रोसँग थाहा भएको नेता वाग्लेले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...