News Portal

नेता राईको पारिवारिक जमघटलाई सामाजिक सञ्जालमा गलत प्रचार

हिमालीसंचार संवाददाता
२४५ पटक

विराटनगर – प्रदेश १ को प्रस्तावित मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई विवादमा तान्ने प्रयास भएको छ । लामो समयपछि पारिवारिक भेटघाटमा रहेका राईको पारिवारिक मामिलालाई सामाजिक सञ्जालमा छताछुल्ल पारेर बदनाम गर्ने दुसप्रयास गरिएको नेकपा समाजवादीका ओखलढुंगा अध्यक्ष हंशराज वाग्लेले बताए ।

भोजपुर स्याथी घर भएका राई प्रदेश सभा सदस्य भएपछि इटहरीमा डेरा गरि बस्दै आएका थिए । नेकपा समाजवादीको संसदीय दलको नेता भएपछि उनी केहि समयदेखी कार्यकर्ता छलफल मिटिङ, भेटघाटको लागि होटेल इन्टुरिस्टमा इटहरीमा बस्दै आएका थिए । उनको खानपिनको मेनेजमेन्ट होटेलले नै गर्दै आएको थियो।

सो होटेलबाट कार्यकर्ता लेबलका हामी छलफल, सकेर भोलि सपथ ग्रहणको लागि पार्टीको तर्फबाट पूर्व तयारीको लागि आवश्यक व्यवस्थापन गर्ने भनेर निस्किएका थियौं, उक्त माहोलमा पार्टीका मान्छे कोहि थिएनौ नेता हंशराज वाग्लेले भने, नितान्त पारिवारिक मामिलालाई कसैले लिक गरेर गलत प्रचार गरिएको रहेछ।

वाग्लेले भने, पारिवारिक खुशीयालीलाई गलत प्रचार गर्नु र सार्वजनिक गर्नु गलत हो । यसमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेता राईको परिवारले पारिवारिक खुशीमा केक काटेर खुशी साटेका थिए। जातिय संस्कार अनुसार बियर स्याम्पियन फोडेर सेलिब्रेसन गरिएको रहेछ। तर पारिवारिक खुशीयालीलाई कसैले लिक गरेपछि जाँडपार्टी भन्दै सामाजिक सञ्जालमा गलत प्रचार गर्नु दुश्सप्रयास हो ।

नेता राई जाँडरक्सी सेवन नगर्ने तथा कर्तब्यनिष्ठ एवम् इमान्दार नेतामा पर्दछन्। तर कुत्सित मनसाय बोकेका कसैले बदनाम गर्न खोज्दै केहि लछारपटार नलाग्ने वाग्लेले बताए । यो सरकारले एक नम्बर प्रदेश जनताको काम गरेर कसरी मन जित्नुपर्छ भन्ने कुरा राम्रोसँग थाहा भएको नेता वाग्लेले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...