News Portal

काभ्रे जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पुन: टुल्कु लामा

हिमालीसंचार संवाददाता
६२६ पटक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला अध्यक्षमा पुन: टिल्कु लामा चयन भएका छन । पार्टीको काभ्रेस्थित बनेपामा भएको अधिबेशनले लामालाई पुन: दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

राप्रपाको काभ्रे जिल्ला  उपाध्यक्षमा गणेशलाल श्रेष्ठ, श्रीदास लामा, गङ्गामाया लामा, सचिवमा धनजित लामा र कोषाध्यक्षमा किरन श्रेष्ठ चयन भएका छन । २९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको र पार्टीको गतिविधिलाई तिब्रता दिइने अध्यक्ष लामाले बताए।

अधिवेशनको उद्घाटन  राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले गरेका थिए । उनले वर्तमान सरकारले सुर लिन नसकेको आरोप लगाउँदै  गठन भएको ४ महिना अवधीमा जनताका समस्या समाधान गर्ने र मुलुकलाई दिशा दिने काम हुन नसकेको तर्क गरे ।

कार्यक्रममा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्य उदयसिं मुस्याजु, जिल्ला अध्यक्ष टुल्कु लामा, सचिव धनजीत लामालगायतले राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...