News Portal

गजेन्द्र हमाल कांग्रेसकै मान्छे हुन्, विचरा बस्न नसक्ने भएपछि राजीनामा दिए – प्रधानमन्त्री देउवा

हिमालीसंचार संवाददाता
३२६ पटक

काठमाडौं। 
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशका जेठान पर्ने गजेन्द्र हमाललाई मन्त्री बनाइएको विषयमा बोलेका छन्। बुधबार नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधामन्त्री देउवाले हमाल कांग्रेसको कार्यकर्ता भएको र मन्त्री भएपनि बस्न नसक्ने भएपछि राजीनामा दिएको स्पष्ट पारे।

कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘मैले तपाईंहरुलाई भनेको भन्यै छु। हमाल हाम्रो पार्टीको मान्छे हो। विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए। यो कुरा सिद्धिइसकेको थियो, तर कुरा उठाएका उठाएकै छन्।’

हमाल प्रकरणका कारण अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि सम्पूर्ण न्यायकर्मी उत्रिएका छन्। प्रधानन्यायाधीशले अविलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग छ। कार्यक्रममा प्रधानमन्त्री देउवाले अदालतको बारेमा पनि आफ्नो धारणा राखे। उनले अदालतबारे धेरै बोल्न नमिल्ने टिप्पणी गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिन पुगे।

परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने भनेर अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आक्रोसित भए। प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क गरे।

प्रधानमन्त्री देउवाले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई। अरुकुरा धेरै केही भन्नु छैन तपाईंहरुलाई। हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन्–न्यायालय सम्बन्धमा। सरसल्लाह, छलफल गर्नेछौं। यसमा धेरै कुरा छैन।’

परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको बताउदै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री देउवाले सचेत गराए।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...