News Portal

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी धादिङ काठमाण्डौँ सम्पर्क मंचकाे अध्यक्षतामा विजय श्रेष्ठ

हिमालीसंचार संवाददाता
४१० पटक

धादिङ– राजतंत्रका अवशेष, पंचेब्यपस्थाबाट प्रभावित ओली प्रवृत्ति बिरुद्दको विद्रोहबाट जन्मेका समाजबादी चिन्तन बोकेका पार्टी
नेकपा (एकीकृत समाजबादी) धादिङ- काठमाडौं सम्पर्क मंचको शुभकामना आदनप्रदान तथा सपथ ग्रहण कार्यक्रम कमरेड डा. गंगालाल तुलाधारको प्रमुख आतिथ्यमा सम्पन्न।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको धादिङ काठमाण्डौँ सम्पर्क मन्चको भेला तथा शुभकामना कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ ।

भेलाले विजय श्रेष्ठको अध्यक्षतामा ५६ सदस्यीय कमिटी गठन गरेको छ । आज भएको भेलाले उपाध्यक्षमा रेशम तामाङ्ग, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा डम्बर भारती र कोषाध्यक्षमा ठाकुर थापा लगायत सदस्यहरु चयन गरेको छ ।

उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरको प्रमुख आतिथ्यता भएकाे थियो । त्यसैगरी अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य विजय गुरुङ, संविधान सभा सदस्य गुरु बुर्लाकोटी लगायतका नेताहरुको आतिथ्य रहेको थियो ।

शिखर पार्टी प्यालेस कलंकीमा सम्पन्न भएको भेलामा सयौँ कार्यकर्ताहरुको उपस्थिति थियो । भेलामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर लगायतका नेताहरुले कमिटीका सदस्यहरुलाई बधाइ तथा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...