News Portal

लिम्बुवानको तेस्रो राष्ट्रिय महाधिवेशन धरानमा हुने

हिमालीसंचार संवाददाता
३१० पटक

धरान – संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो संधीय राष्ट्रिय महाधिवेशन आगामी मंसिर २६ र २७ गते धरान उपमहानगरपालिका धरानमा हुने भएको छ ।

मञ्चले बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै असोज १२ गते भर्चुअल माध्यमबाट भएको वृहत् बैठकले महाधिवेशनको मिति, स्थान तय गर्दै मूल आयोजक समिति र विभिन्न समितिहरू गठन भएको जानकारी दिएको हो ।

महाधिवेशनको लागि अध्यक्ष कुमार लिङ्देन मिराक संयोजक रहेको मूल आयोजक समिति गठन भएको र सदस्यहरूमा सङ्घीय समिति, सबै प्रान्तीय मञ्चका अध्यक्ष एवं समितिहरू, प्रवासका अध्यक्षहरू, जन वर्गीय सङ्गठनका प्रमुखहरू रहने निर्णय गरेको पनि मञ्चले जनाएको छ ।

यस्तै, महाधिवेशनको लागि आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति,विदेश विभाग समिति, स्वास्थ्य उप समिति, स्वयंसेवक उपसमिति, अतिथि सत्कार समिति लगायत विभिन्न समितिहरू पनि गठन गरेको मञ्चले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मञ्चले सम्बद्ध प्रान्तीय मञ्चहरूको महाधिवेशन, राष्ट्रिय सम्मेलन, वृहत् प्रान्तीय मिटिङहरू पनि विभिन्न मितिमा गर्ने निर्णय गरेको जानकारी दिएको छ । कोरोना महामारीको परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनमा ६ सयदेखि १ हजारको हाराहारीमा मात्र प्रतिनिधिहरू रहने पनि मञ्चले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...