News Portal

जनआन्दोलनकी ‘पोस्टर गर्ल’ मन्त्री पदमा !

हिमालीसंचार संवाददाता
४०८ पटक

काठमाडौं – रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् । उनले विस २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् ।

नेतृ झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन्। दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्वीर भाईरल भएपछि उनलाई कतिपयले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को समेत संज्ञा दिएका थिए । त्यसले नै उनलाई राजनीतिक उदयका लागि समेत सहयोग गरेको छ ।

नेतृ झाँक्री उक्त घटनाबाट चर्चामा आएकी हुन्। विद्रोही नेतृको रूपमा परिचित भईन् । विस २०७५ सालमा नेकपाको केन्द्रीय सदस्य भएकी उनी तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकको छवि बनाएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणीका कारण गिरफ्तारीमा परेकी झाँक्री एमाले विभाजन हुँदा माधव नेपाललाई तानेर निर्वाचन आयोगतिर लैजादै गरेको तस्वीरका कारण पुन: चर्चामा आएकी थिइन् । उनलाई कतिपयले एमाले ‘विद्रोहकी विम्ब’को समेत संज्ञा दिएका थिए ।

विस २०३५ सालमा गुल्मीमा जन्मेकी उनले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी छन् । पारिजातका कृतिबाट प्रभावित उनलाई पारिजात संघर्षशील नारी पुरस्कार पनि दिइएको थियो । 

इतिहास, दर्शन र साहित्यमा उनको रुचि छ। विकास नीतिमा समेत अभिरुचि राख्ने झाँक्री अहिले सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छिन् ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...