News Portal

एमालेमा रहेर राजनीति गर्नेहरु कुहिरोको काग जस्तै भएका छन्: अशोक राई

हिमालीसंचार संवाददाता
३४७ पटक

खोटाङ – जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राईले नेकपा एमालेमा रहेर राजनीति गर्नेहरुको अवस्था ‘कुहिरोको काग’जस्तो भएको बताएका छन् ।

गत सोमबार खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका -६, दिप्सुङमा आयोजित जसपाको संगठन सुदृढीकरण तथा जनजागरण अभियान सुज अभियान एवम् पार्टी प्रवेश कार्यक्रममा नेता राईले सो कुरा बताएका हुन् ।

‘यहाँहरुको राजनीतिक भविष्य सुन्दर र सम्भावनायुक्त रहेको छ । त्यसो हुँदा जसपाले बोकेको नीति, कार्यक्रम, विचार, सिद्धान्तलाई तपाईहरुले बोक्ने जो विचार गर्नुभएको छ, ठीक निर्णय गर्नुभयो, यसको लागि यहाँहरुलाई हार्दिक बधाई,’ एमालेका कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘तर जो साथीहरु अहिले पनि एमालेमा बसिराख्नुभएको छ मलाई लाग्छ उहाँहरु अझै पनि अलमलमा हुनुहुन्छ, अन्यौलमा हुनुहुन्छ, अन्धकारमा हुनुहुन्छ । कुहिरोको काग जस्तै यात्रा गर्दै हुनुहुन्छ की जस्तो मलाई लाग्छ ।’

आयोजित कार्यक्रम जसपा केपिलासगढी गाउँपालिका वडा नं-६, समितिको अध्यक्ष सन्जिव राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।एक दिन अधि मात्र वडासमिति गठन गरिएको थियो ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य आङकाजी शेर्पा, केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, केन्द्रीय सदस्य तथा सुज अभियान खोटाङका संयोजक सुर्य राई, संघीय परिषद् सदस्य राकेश राई, कर्ण कार्की, जसपा खोटाङ जिल्ला समितिका अध्यक्ष टंक थापा, उपाध्यक्ष पिके खम्बू, कोषाध्यक्ष सावित्रा राई, समाजवादी विद्यार्थी युनियनका उपमहासचिव प्रकाश चाम्लिङ लगायका नेताहरुको उपस्थिति रहेको थियो।

त्यस्तै, समाजबादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला सचिवालय सदस्य रविन खम्बू, समाजवादी युवा संघ खोटाङका अध्यक्ष गजेन्द्र राई, जसपा केपिलासगढी गाउँपालिकाका अध्यक्ष गुरुराज राई, उपाध्यक्ष विशाल दुमी राईलगायत नेताहरुको उपस्थिति रहेको थियो। 

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...