News Portal

  • मोरङको रंगेली पालिकामा जनता समाजवादी पार्टीमा १ सय ५० जना प्रवेश

    हिमालीसंचार संवाददाता
    ३४९ पटक

    रविन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका ७ स्थित भगतराम चिनिराम धर्मशालामा “सङ्घीयता, सुशान समृद्धि र समाजवाद सम्मुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” मुल नाराका साथ  मोरङको रंगेलीमा जनता समाजवादी पार्टी, नेपालले संगठन सुदृढिकरण तथा जनजागरण सूज अभियान कार्याक्रमको आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीमा १ सय ५० जना प्रवेश गरेका छन्।

    आयोजित कार्यक्रमको प्रमुख अथिति जसपाका कार्याकारी सदस्य एवम् मोरङ झापाको सुज अभियानका संयोजक युवराज कार्की, केन्द्रीय सदस्य प्रेम नाथ थापा, जिल्ला अध्यक्ष राज कुमार यादव, नगर अध्यक्ष पन्नालाल मंण्डल, वडाअध्यक्ष रुपेश मंण्डल, शिशुपाल यादव, पवन साेनी , बुद्धिजीवी, महिला लगायतको उपस्थित रहेको थियो।

    आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दे युवराज कार्कीले भने केपी ओलीको अहङकारका कारण संसद विघटन गरेको र अदालतले जनताको मर्म र भावना अनुरुप पुनःविघटन भएको संसद पुनःस्थापना गर्ने  फैसला गरेकोमा जनताको जित समेत भएको उनले बताए ।   

    आयोजित कार्यक्रममा विभिन्न पाटी परित्याग गरेर १ सय ५० जना समेत पाटी प्रवेश गरेका छन । सोही कार्यक्रममा नगर समिति विस्तार गर्नुका साथै  महिला संजाल समेत गठन गरेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...