News Portal

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर फिर्ता लिनु अनैतिकताको पराकाष्ठा हो: विशाल भट्टराई

हिमालीसंचार संवाददाता
३८१ पटक

काठमाडौं – सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर फिर्ता गरेपछि उक्त कदमलाई नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अनैतिकताको पराकाष्ठा भएको बताए ।

उनेल भने ‘यो अनैतिकताको पराकाष्ठा हो, ‘एमाले कति बलियो शक्ति रहेछ, जसलाई फुटाउन सरकारदेखि अदालतसम्म लागे।’ एमाले विभाजित गर्न सबै शक्ति एक भएको आरोप उनको छ। ‘सबै एक भएर लागे। नागरिकतासम्बन्धी अध्यादेशमा जे नजिर थियो त्यसको अदालतले पनि वास्ता गरेन।’ 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको सिफारिसलगत्तै सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश खारेज गरिदिएकी छिन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मात्रै भए पनि दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।

उक्त अध्यादेशअनुसार नेकपा एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...