News Portal

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर फिर्ता लिनु अनैतिकताको पराकाष्ठा हो: विशाल भट्टराई

हिमालीसंचार संवाददाता
४३८ पटक

काठमाडौं – सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर फिर्ता गरेपछि उक्त कदमलाई नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अनैतिकताको पराकाष्ठा भएको बताए ।

उनेल भने ‘यो अनैतिकताको पराकाष्ठा हो, ‘एमाले कति बलियो शक्ति रहेछ, जसलाई फुटाउन सरकारदेखि अदालतसम्म लागे।’ एमाले विभाजित गर्न सबै शक्ति एक भएको आरोप उनको छ। ‘सबै एक भएर लागे। नागरिकतासम्बन्धी अध्यादेशमा जे नजिर थियो त्यसको अदालतले पनि वास्ता गरेन।’ 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको सिफारिसलगत्तै सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश खारेज गरिदिएकी छिन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मात्रै भए पनि दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।

उक्त अध्यादेशअनुसार नेकपा एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...