News Portal

  • म ओलीभन्दा जेठो हुँ, राजीनामा दिएपछि सकियो – वामदेव गौतम

    हिमालीसंचार संवाददाता
    ३५७ पटक

    काठमाडौं।
    नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन्। एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो !’

    नेकपा एमालेले तपाईको राजीनामा अस्वीकृत गरेछ, निर्वाचन आयोगमा पनि नाम पठाएछ नि भन्ने रातोपाटीको प्रश्नमा नेता गौतमले राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नरहेको बताए। केपी ओलीको नेतृत्वमा आफू बस्न नसक्ने उनले दोहोर्याए।

    वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमको विश्लेषण छ। उनी भन्छन्, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्ने केही कुरा केपी ओलीको दिमागमा आयो होला। त्यो खेल भएको हुन सक्छ।’

    नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए। राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए। तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन।

    ‘राजीनामा दिइसकेपछि त्यो राजीनामा भइहाल्यो नि। स्वीकृत गर्ने, नगर्ने कुराको कुनै मतलब हुँदैन’ नेता गौतमले रातोपाटीसँग भने, ‘म सिद्धान्तनिष्ठ व्यक्ति हो। विचार, सिद्धान्त यी सबै कुरामा नैतिकताको पनि सवाल आउँछ। मलाई ओलीको नेतृत्वमा त्यहाँ बसिरहन उपयुक्त लागेन।’

    राजीनामा पत्रमा आफूले ओलीमाथि १० वटा आरोपहरू लगाएको बताउँदै नेता गौतमले आफ्नो राजीनामा स्वीकृत गरे पनि नगरेपनि ओलीमाथि लगाइएका ती आरोपहरूलाई पार्टीले सुरक्षित राख्नुपर्ने बताए।

    ‘मैले केपी ओलीलाई १० वटा आरोपहरू लगाएको छु। यो यो कारणले म एमालेमा रहन सक्दिनँ भनेको छु’ उनले भने, राजनीनामा स्वीकृत गर्दाखेरि पनि वा अस्वीकृत गरे पनि त्यो पार्टीको दस्तावेज हुन्छ, त्यसलाई सुरक्षित राख्नुपर्छ।’

    म केपी ओलीभन्दा जेठो हुँ !

    नेता गौतमले आफू केपी शर्मा ओलीभन्दा हरेक कुराले सिनियर भएको बताए। उनले भने, ‘म राजनीतिक व्यक्ति हुँ। केपी ओलीभन्दा अगाडिको हुँ। उमेरले पनि जेठो हुँ। पार्टीमा लागेको हिसाबले पनि जेठो हो। नेतृत्वमा पुगेको पनि केपी ओलीभन्दा धेरै पहिले हो। मैले धेरै क्षेत्रमा पार्टी निर्माण गरेको छु। यस्तो अवस्थामा उनको नेतृत्वमा त्यहाँ बसिरहन मलाई उपयुक्त लागेन। मैले केपी ओलीको नेतृत्वमा बसिरहनुहुँदैन।’

    आफूले नेकपा एमालेमा छलफलका लागि प्रस्तुत गरेका विचार र प्रस्तावहरूप्रति केपी ओलीले अरुचि देखाएको र उनी निकटस्थहरुले बोल्न नदिएपछि आफू बैठकमा जान छाडेको नेता गौतमले रातोपाटीलाई बताए।

    गौतमले रातोपाटीसँग भने, ‘जुन दस्तावेजहरु लगे, त्यसमा छलफलका निम्ति उनले(ओलीले) ‘इन्टरटेन’ नै गरेनन्। वामदेवले यस्तो–यस्तो विषयमा छलफल गर्न चाहनुभएको छ भन्दा पनि भनेनन्। मैले पछिल्लोपटक स्थायी कमिटीको बैठकमा कुरा राख्दै थिएँ, केपी ओलीका एकजना सल्लाहकार सभापति केशव बडालले ममाथि झम्टिए। मलाई बोल्नै दिएनन्। उनीहरुले यस्तो गरेका छन् र म त्यही दिनदेखि बैठकमा गएको छैन।’

    राजनीतिक व्यक्तिले पार्टी फुटाएर अर्को पनि बनाउन सक्ने गौतमले बताए। उनले भने, ‘मलाई थाहा छ कि राजनीतिक व्यक्तिले पार्टी फुटाउन सक्छन्, अर्को पार्टी बनाउन सक्छन्। तर, म अहिले भर्खरै त्यस्तो मानसिकतामा गएको छैन।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ८ गतेको राशिफल

    आज भदौ ८, २०८२ (अगस्त २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...