News Portal

धमिलो पानीमा माछा मार्न खोज्दै निधि, देउवाको आलोचनामा रमाए शेखर

हिमालीसंचार संवाददाता
४५५ पटक

सन्जिब पन्त,
काठमाडौं। एमालेभित्रको विवाद नेपाली कांग्रेसमा पनि सर्ने सम्भावना निकै बलियो गरेर बढेको छ। सभापति शेरबहादुर देउवा १४औँ महाधिवेशन गर्न चाहिरहेका छन्। नेता रामचन्द्र पौडेल समूह महाधिवेश बिथोल्न खोजेको आरोप लागेको छ।

पौडेल समूहले महाधिवेशनमा घाटा देखेपछि देउवालाई असहयोग गरिरहेको छ। पौडेल समूहभित्र सभापतिमा पनि एकरुपता छैन। पौडेलले सभापतिमा सहयोग नपाएपछि महाधिवेशन रोक्न खोजेपौडेल समुह निकट स्रोतको भनाइ छ। पौडेलले देउवालाई महाधिवेशन विरोधको आरोप लगाएर विभिन्न बखेडा गरेका थिए।

क्रियाशील सदस्यता छानविन समितिमा पौडल समूहका मानिस पनि छन्। समितिले बुझाएको प्रतिवेदन बुझ्नेमा पौडेल पनि छन्। केन्द्रीय कार्यसमिति र छानविन समितिमा क्रियाशील सदस्यताको विवादमा सर्वसम्मत निर्णय भएको छ।

अहिले आएर पौडलले आफैले हस्ताक्षर गरेको निर्णयमा बखेडा निकालेका छन्। डडेल्धुरा कांग्रेसको कुरालाई पौडेलले निकाल्ने गरेका छन्। महामन्त्री कोइरालाले डडेल्धुराका विषयमा दोहो-याएर वडा अधिवेशन नहुने भनेपछि पौडेल चकित परेका छन्।

उप–सभापति विमलेन्द्र निधिले पनि धमिलो पानीमा माछामार्न खोजेका छन्। डडेल्धुरामा समायोजनमा १ हजार क्रियाशील सदस्यता माओवादीबाट आएको समूहलाई दिने निर्णय गरेका थिए। निधि आफैले गरेको निर्णयको विरोधमा उत्रिएका छन्। निधिले देउवाको आलोचना गरेर वा महाधिवेशन विथोलेर आफूलाई फाइदा हुन्छ भन्ने कुरा सोँचेका छन् भने त्यो गलत हुनेछ।

देउवाको आलोचना गरेर नेता बन्ने योजनामा शेखर कोइराला पनि छन्। लामो समय जागिर गरेर कांग्रेसको राजनीतिमा लागेका शेखरले सभापतिमा दाबी गरेका छन्। कोइरालाले आफूलाई सभापतिको उम्मेदवार भन्दै आएका छन्।

शेखरबाट पीडित भएका नेता कार्यकर्ता अहिले पनि धेरै छन्। शेखरले आफूलाई कोइराला परिवारको विरासत हुँ भन्ने उचित होइन। शेखरलाई कोइराला परिवारभित्र ‘सी’ क्लासको कोइराला भन्छन्। शेखर कोइरालाले आफूलाई कांग्रेसभित्रको मसिहा ठान्छन्। यो उनको भूल हो। शेखरले आफूलाई पनि कार्यकर्ता बनाउन जरुरी छ। होइन भने उनलाई सभापति स्वीकार गर्न नसकिने कोइराला समुहबाटै आबाज उठ्न थालेको छ।

कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ। सरकारबाट जनताले धेरै अपेक्षा गरेका छैनन्। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको जस्तो देश र संविधान अनि राष्ट्रको ढुकुटी समाप्त गर्ने खालका कार्य नगरे हुन्छ भन्नेछ। आफ्नै पार्टी कांग्रेसभित्रबाट सरकारलाई असहयोग भइरहेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...