News Portal

नेविसंघका टीके महामन्त्री तिमिल्सिना वडामै पराजित, जमानत जफत

हिमालीसंचार संवाददाता
४३९ पटक

सिन्धुपाल्चोक।
नेपाल विद्यार्थी संघ (नेविसंघ)का ‘टीके’ महामन्त्री वलदेव तिमिल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा नराम्रोसँग पराजित भएका छन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट नेविसंघको महामन्त्रीमा मनोनीत भएका तिमिल्सिनालाई सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकामा मंगलबार सम्पन्न वडा अधिवेशनमा पराजित भएका हुन्।

तिमिल्सिना कांग्रेसको १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि थिए। तिमिल्सिनाले आफ्नो वडामा एक जना पनि क्षेत्रीय प्रतिनिधि ल्याउन सकेका छैनन्।

सिन्धुपाल्चोक जिल्लामा नेविसंघका महामन्त्री जस्तो नेता पराजित भएपछि वडामै जमानत जफत भएको भनेर हाँसोमजाक र चर्चा भएको छ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...