News Portal

नेविसंघका टीके महामन्त्री तिमिल्सिना वडामै पराजित, जमानत जफत

हिमालीसंचार संवाददाता
४२४ पटक

सिन्धुपाल्चोक।
नेपाल विद्यार्थी संघ (नेविसंघ)का ‘टीके’ महामन्त्री वलदेव तिमिल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा नराम्रोसँग पराजित भएका छन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट नेविसंघको महामन्त्रीमा मनोनीत भएका तिमिल्सिनालाई सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकामा मंगलबार सम्पन्न वडा अधिवेशनमा पराजित भएका हुन्।

तिमिल्सिना कांग्रेसको १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि थिए। तिमिल्सिनाले आफ्नो वडामा एक जना पनि क्षेत्रीय प्रतिनिधि ल्याउन सकेका छैनन्।

सिन्धुपाल्चोक जिल्लामा नेविसंघका महामन्त्री जस्तो नेता पराजित भएपछि वडामै जमानत जफत भएको भनेर हाँसोमजाक र चर्चा भएको छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...