
काठमाडौं।
शनिबार बबरमहलमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेला आयोजना गरियो। बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापा ‘बादल’, महेश बस्नेतलगायत नेताहरु उपस्थित थिए।
निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रम हेर्दा कुनै दलकै कार्यक्रम आयोजना गरिएको जस्तो देखिन्थ्यो। कार्यक्रम थियो, एमालेनिकट निजामती कर्मचारी संगठनको। कार्यक्रममा नेकपा माओवादी केन्द्रनिकट निजामती कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहित एक सय जना केन्द्रीय सदस्य एमालेनिकट निजामती कर्मचारी संगठनमा प्रवेश गरे।
माओवादीबाट एमालेमा प्रवेश गरेका निजामती कर्मचारीहरु माओवादी छाडेका बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टनिकट हुन्। बादलसहित अन्य नेताहरु माओवादीबाट छुट्टिएर एमालेमा समाहित भएपनि कर्मचारी संगठन समाहित भएको थिएन।
तर, शनिवार आयोजित निजामति कर्मचारी संगठनको भेलाबाट उनीहरुलाई समाहित गरिएको छ। माओवादीबाट एमालेमा आएका कर्मचारीहरुलाई एमाले अध्यक्ष अोलीको उपस्थितिमा नेता बादलले खादा ओढाएका थिए। बादलभन्दा अगाडि रहेका महेश बस्नेतले भने माओवादी छाडेर एमालेमा आएकाहरुलाई अविर लगाउँदै मुड्की जुधाएका थिए। अध्यक्ष ओली भने पार्टीमा प्रवेश गर्ने कर्मचारीहरुतिर हेर्दै खुसी देखिन्थे।
शनिबार नै नेपाल निजामती कर्मचारी संगठनको बसेको केन्द्रीय समिति बैठकले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा संगठनका अध्यक्ष केदार देवकोटालाई पठाउने निर्णय गरेको छ। बैठकले आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेल, कोषाध्यष सिन्धु पाण्डेसहितलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
