News Portal

महेश बस्नेत निजामती कर्मचारीसँग मुड्की जुधाउने, बादल खादा ओढाउने !

हिमालीसंचार संवाददाता
३८९ पटक

काठमाडौं।
शनिबार बबरमहलमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेला आयोजना गरियो। बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापा ‘बादल’, महेश बस्नेतलगायत नेताहरु उपस्थित थिए।

निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रम हेर्दा कुनै दलकै कार्यक्रम आयोजना गरिएको जस्तो देखिन्थ्यो। कार्यक्रम थियो, एमालेनिकट निजामती कर्मचारी संगठनको। कार्यक्रममा नेकपा माओवादी केन्द्रनिकट निजामती कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहित एक सय जना केन्द्रीय सदस्य एमालेनिकट निजामती कर्मचारी संगठनमा प्रवेश गरे।

माओवादीबाट एमालेमा प्रवेश गरेका निजामती कर्मचारीहरु माओवादी छाडेका  बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टनिकट हुन्। बादलसहित अन्य नेताहरु माओवादीबाट छुट्टिएर एमालेमा समाहित भएपनि कर्मचारी संगठन समाहित भएको थिएन।

तर, शनिवार आयोजित निजामति कर्मचारी संगठनको भेलाबाट उनीहरुलाई समाहित गरिएको छ। माओवादीबाट एमालेमा आएका कर्मचारीहरुलाई एमाले अध्यक्ष अ‍ोलीको उपस्थितिमा नेता बादलले खादा ओढाएका थिए। बादलभन्दा अगाडि रहेका महेश बस्नेतले भने माओवादी छाडेर एमालेमा आएकाहरुलाई अविर लगाउँदै मुड्की जुधाएका थिए। अध्यक्ष ओली भने पार्टीमा प्रवेश गर्ने कर्मचारीहरुतिर हेर्दै खुसी देखिन्थे।

शनिबार नै नेपाल निजामती कर्मचारी संगठनको बसेको केन्द्रीय समिति बैठकले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा संगठनका अध्यक्ष केदार देवकोटालाई पठाउने निर्णय गरेको छ। बैठकले आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेल, कोषाध्यष सिन्धु पाण्डेसहितलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...