News Portal

हङकङमा बसोबास गर्ने नेपालीहरुद्वारा गोर्खा सत्याग्रह आन्दोलनलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
४३० पटक

युवा राई, होङकङ।
बेलायत सरकारले २०७ बर्ष अघिदेखि ब्रिटिश गोर्खाहरु नेपाली नागरिकमाथि गर्दै आएको असमान एवं अमानवीय बिभेदबिरुद्ध गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले निर्णायक आन्दोलन अख्तियार गरेको थियो समितिले अख्तियार गरेको निर्णायक आन्दोलन आमरण अनशनका लागि र सम्पूर्ण गोरखा समुदायको हक अधिकार साथै नेपालको स्वाभिमानको लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने तत्परतासहित आमरण अनशनमा सहभागी साहसी अभियन्ताहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घलेको महान बिचार र त्यागको कदर एवं सम्मान गर्दै आर्थिक सहयोग प्राप्त भएको छ।

हङकङमा रहेका ब्रिटिश गोरखा परिबारका तर्फबाट नैतिक समर्थन गर्दै यथासक्दो आर्थिक योगदान गर्न रत्न खिम्दिङको सक्रियता एवं १० जीआरको संयोजकत्वमा बिभिन्न पल्टनका प्रतिनिधिहरुमार्फत हङकङबासी न्यायप्रेमी गोरखा दाजुभाइ दिदीबहिनीहरूबाट संकलित जम्मा होङकङ डलर (४१,०३१) गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिलाई टि.टि. मार्फत हस्तान्तरण गरिएको छ।

अभियानमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति हङकङकी संयोजक श्रीमती पुष्पा गुरुङ को समेत सहमति र सहभागिता रहेको थियो। त्यसैगरी लेप्टेन रिटायर्ड पदमबहादुर राई दश जि.आर.को पनि महत्वपूर्ण सल्लाह र सहयोग रहेको थियो। यस निर्णायक आन्दोलनलाई आत्मसात गर्दै आर्थिक सहयोग गर्नुहुने हङकङबासी गोर्खा दाजुभाइ तथा दिदीबहिनी सहभागि भहि भूमिका निर्वाह गर्नुहुने रत्न खिम्दिङ दश जीआरलाई गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको तर्फबाट धन्यवाद ज्ञपन पनि दिएको छ।

हाम्रा तीन महान सत्याग्रहीहरुको साहस र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियन्ताहरुको दृढ संकल्पले तीन दशक लामो आन्दोलन पश्चात नैतिक रुपमा ऐतिहासिक बिजय प्राप्त गरेका छौं। यसकालागि हाम्रा महान सत्याग्रहीहरु र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिप्रति यूके/ नेपालप्रति हङकङबासी गोर्खाहरुले स-सम्मान आभार व्यक्त गरेका छन्। अब यसलाई बस्तुगत रुपमा कार्यान्वयन गराउने बिषयमा सत्याग्रहले विवेकपूर्ण कदम चाल्नेमा सबै गोर्खाहरु पूर्ण विश्वस्त रहेका छन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...