News Portal

हङकङमा बसोबास गर्ने नेपालीहरुद्वारा गोर्खा सत्याग्रह आन्दोलनलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
३८६ पटक

युवा राई, होङकङ।
बेलायत सरकारले २०७ बर्ष अघिदेखि ब्रिटिश गोर्खाहरु नेपाली नागरिकमाथि गर्दै आएको असमान एवं अमानवीय बिभेदबिरुद्ध गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले निर्णायक आन्दोलन अख्तियार गरेको थियो समितिले अख्तियार गरेको निर्णायक आन्दोलन आमरण अनशनका लागि र सम्पूर्ण गोरखा समुदायको हक अधिकार साथै नेपालको स्वाभिमानको लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने तत्परतासहित आमरण अनशनमा सहभागी साहसी अभियन्ताहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घलेको महान बिचार र त्यागको कदर एवं सम्मान गर्दै आर्थिक सहयोग प्राप्त भएको छ।

हङकङमा रहेका ब्रिटिश गोरखा परिबारका तर्फबाट नैतिक समर्थन गर्दै यथासक्दो आर्थिक योगदान गर्न रत्न खिम्दिङको सक्रियता एवं १० जीआरको संयोजकत्वमा बिभिन्न पल्टनका प्रतिनिधिहरुमार्फत हङकङबासी न्यायप्रेमी गोरखा दाजुभाइ दिदीबहिनीहरूबाट संकलित जम्मा होङकङ डलर (४१,०३१) गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिलाई टि.टि. मार्फत हस्तान्तरण गरिएको छ।

अभियानमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति हङकङकी संयोजक श्रीमती पुष्पा गुरुङ को समेत सहमति र सहभागिता रहेको थियो। त्यसैगरी लेप्टेन रिटायर्ड पदमबहादुर राई दश जि.आर.को पनि महत्वपूर्ण सल्लाह र सहयोग रहेको थियो। यस निर्णायक आन्दोलनलाई आत्मसात गर्दै आर्थिक सहयोग गर्नुहुने हङकङबासी गोर्खा दाजुभाइ तथा दिदीबहिनी सहभागि भहि भूमिका निर्वाह गर्नुहुने रत्न खिम्दिङ दश जीआरलाई गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको तर्फबाट धन्यवाद ज्ञपन पनि दिएको छ।

हाम्रा तीन महान सत्याग्रहीहरुको साहस र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियन्ताहरुको दृढ संकल्पले तीन दशक लामो आन्दोलन पश्चात नैतिक रुपमा ऐतिहासिक बिजय प्राप्त गरेका छौं। यसकालागि हाम्रा महान सत्याग्रहीहरु र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिप्रति यूके/ नेपालप्रति हङकङबासी गोर्खाहरुले स-सम्मान आभार व्यक्त गरेका छन्। अब यसलाई बस्तुगत रुपमा कार्यान्वयन गराउने बिषयमा सत्याग्रहले विवेकपूर्ण कदम चाल्नेमा सबै गोर्खाहरु पूर्ण विश्वस्त रहेका छन्।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...