News Portal

  • तरुण उपाध्यक्ष चापागाइँले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    हिमालीसंचार संवाददाता
    ३५५ पटक

    काठमाडौं।
    नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। उपाध्यक्ष चापागाइँले कांग्रेसको केन्द्रीय सदस्यका लागि तयारी गरे पनि औपचारिक रुपमा घोषणा गरेका छैनन्।

    उनले शीर्ष नेता र साथीभाईहरूको सरसल्लाहमा उपयुक्त समयमा उम्मेदवारी घोषणा गर्ने प्रतिक्रिया दिएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट मानिने चापागाइँले एकलौटी रुपमा हतार गरेर उम्मेदवारी घोषणा नगर्ने बताए।

    ‘म कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने सोँच बनाएको छु, उनले भने, ‘टिमको नेता र साथीभाईहरूको परामर्शमा अगाडि बढ्नेछु।’ कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेर पार्टीमा काम गर्ने पक्षमा आफू रहेको उनले बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...