News Portal

असोज पहिलो साताभित्र विश्वासको मत नलिए मुख्यमन्त्री भीम आचार्य कुर्सीबाट ‘आउट’

हिमालीसंचार संवाददाता
५०० पटक

विराटनगर। प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई असोज ८ गतेसम्म विश्वासको मत लिन विपक्षी गठबन्धनले अल्टिमेटम दिएको छ। मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र विश्वासको मत नलिए अविश्वास प्रस्ताव ल्याएर वर्तमान सरकारलाई विस्थापित गर्ने र नयाँ सरकार गठन गर्न अग्रसर हुने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले बताए।

मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्रै जसरी भए पनि विश्वासको मत लिनुपर्ने पनि उनले बताए। यदि त्यसो नभएको अवस्थामा आफूहरु अविस्वासको प्रस्ताव अघि बढाएर वर्तमान सरकार ढाल्ने पनि उनको भनाई छ।

सत्ता पक्ष सत्ता लम्ब्याउन हर प्रयास गरिरहेको अवस्थामा संविधान प्रतिकूल हुने ठहर गर्दै मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने विषयमा विपक्षी गठबनबीच सहमति भएको पनि उनले बताए। उनका अनुसार चाँडै नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रकृया अगाडि बढाउन वा राजीनामा दिन माग गरिसकिएको छ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले नेतृत्व गरेको राजनीतिक दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ।

सत्ता पक्षले प्रदेशसभामा निर्वाचन आयोगले पत्र पठाएको मितिबाट ३० दिनको समय रहने बताउँदै आएको छ भने विपक्षी गठबन्धनले केन्द्रमा दल विभाजन भएको मितिले ३० दिन गणना हुने बताउँदै आएको छ। हाल प्रदेश १ प्रदेशसभामा विपक्षी गठबन्धनमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा नेपाल गरी चार दल रहेका छन्।

माधव नेपाल समूह एमालेबाट छुट्टिएर गएसँगै हाल प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन्। ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ।

विपक्षी गठबन्धनमा रहेको नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ सांसद गरी ४९ सांसद रहेका छन्। जुन सरकार गठनका लागि प्रस्ट बहुमत हो।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...