News Portal

  • असोज पहिलो साताभित्र विश्वासको मत नलिए मुख्यमन्त्री भीम आचार्य कुर्सीबाट ‘आउट’

    हिमालीसंचार संवाददाता
    ४२४ पटक

    विराटनगर। प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई असोज ८ गतेसम्म विश्वासको मत लिन विपक्षी गठबन्धनले अल्टिमेटम दिएको छ। मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र विश्वासको मत नलिए अविश्वास प्रस्ताव ल्याएर वर्तमान सरकारलाई विस्थापित गर्ने र नयाँ सरकार गठन गर्न अग्रसर हुने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले बताए।

    मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्रै जसरी भए पनि विश्वासको मत लिनुपर्ने पनि उनले बताए। यदि त्यसो नभएको अवस्थामा आफूहरु अविस्वासको प्रस्ताव अघि बढाएर वर्तमान सरकार ढाल्ने पनि उनको भनाई छ।

    सत्ता पक्ष सत्ता लम्ब्याउन हर प्रयास गरिरहेको अवस्थामा संविधान प्रतिकूल हुने ठहर गर्दै मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने विषयमा विपक्षी गठबनबीच सहमति भएको पनि उनले बताए। उनका अनुसार चाँडै नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रकृया अगाडि बढाउन वा राजीनामा दिन माग गरिसकिएको छ।

    संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले नेतृत्व गरेको राजनीतिक दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ।

    सत्ता पक्षले प्रदेशसभामा निर्वाचन आयोगले पत्र पठाएको मितिबाट ३० दिनको समय रहने बताउँदै आएको छ भने विपक्षी गठबन्धनले केन्द्रमा दल विभाजन भएको मितिले ३० दिन गणना हुने बताउँदै आएको छ। हाल प्रदेश १ प्रदेशसभामा विपक्षी गठबन्धनमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा नेपाल गरी चार दल रहेका छन्।

    माधव नेपाल समूह एमालेबाट छुट्टिएर गएसँगै हाल प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन्। ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ।

    विपक्षी गठबन्धनमा रहेको नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ सांसद गरी ४९ सांसद रहेका छन्। जुन सरकार गठनका लागि प्रस्ट बहुमत हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...