News Portal

  • सीमानाकामा कोरोनाको हाउगुजी, होटल व्यवसाय धराशयी बन्दै

    हिमालीसंचार संवाददाता
    ४७५ पटक

    कृष्णउदास खनाल,
    वीरगन्ज। सरकारको लापरबाहीका कारण वीरगन्ज क्षेत्रमा सञ्चालनमा रहेका २० अर्बको होटल व्यवसाय धराशयी बन्दै गएको छ। वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले सरकारले सीमानाकालाई सहज नबनाइदिएका कारण व्यसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन्।

    कोरोनाको हाउगुजी देखाएर सरकारले सीमानाका बन्द गरेपछि वीरगन्ज नाका भएर आउने मुख्य गरी भारतीय पर्यटकको आवागमन ठप्प भएपछि आफूहरु पेसाबाट नै पलाउन हुनुपर्ने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो। उहाँले वीरगन्ज सीमानाकाबाट दैनिक सयौं व्यक्तिको ओहोरदोहोर भएपनि सरकारले औपचारिक रूपबाट नाका सञ्चालनमा नल्याइदिँदा पर्यटन क्षेत्र नराम्रोसँग मारमा परेको बताउनुभयो।

    केपी ओली सरकारले कोरोना संक्रमण बढेको भन्दै २०७६ चैत ११ गते रातिबाट नै वीरगन्ज नाका बन्द गरेको थियो। सो समयदेखि बन्द रहेको नाका अहिलेसम्म पनि खुल्न नसक्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनेको यहाँका पर्यटन व्यवसायीको भनाइ छ।

    २० अर्बको लगानी वीरगन्जको होटल क्षेत्रमा रहेको र पहिलो र दोस्रो लहरको कोरोनाका कारण आफूहरुले १ अर्बजति क्षति व्यहोर्न परेको बताउँदै पर्यटन व्यवसायी संघ पर्साका उपाध्यक्ष रिचेन्द्र थापाले एक दर्जन होटल यो अवधिमा बन्द भइसकेको जानकारी दिनुभयो।

    सीमा नाका लामो समयसम्म बन्द हुँदा आफूहरुले झेल्न परेको समस्याको विषयमा चाँडै प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने योजनामा आफूहरु रहेको युवा होटल व्यवसायी दिलीपराज कार्कीले बताउनुभयो।

    कोरोना संक्रमित नगन्य !
    पर्सामा कोरोनाका संक्रमित लगभग शून्यको अवस्थामा रहेको छ। कुनै बेला हटस्पट बनेको पर्सामा अहिले सक्रिय संक्रमितको संख्या १३ जनामात्रै रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताउनुभयो।

    उहाँले अब कोरोनाका कारण मात्रै देखाएर सीमानाका बन्द गर्नुको अर्थ नरहेको बताउनुभयो। भारतमा समेत कोरोनाको त्रास कम भएकाले अब सीमानाका खुला गरी पर्यटकको आवागमनलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...