News Portal

बहुमत जुटाएर प्रदेश नं. १ को सरकार जोगाउँछौं : हिक्मत कार्की

हिमालीसंचार संवाददाता
४५१ पटक

विराटनगर – प्रदेश नं. १ नेकपा एमालेका नेता हिक्मत कार्कीले बहुमत जुटाएर प्रदेश १ सरकार जोगाउने बताएका छन् । एमाले विभाजन भएर १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका प्रदेश नं. १ मा उनले यो कुरा बताएका हुन्। उनीहरुले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन नरहेको समेत बताएका छन्।

मुख्यमन्त्री भीम आचार्य नेतृत्वमा प्रदेश सरकार गठन भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको उनले बताए । प्रदेशसभा सदस्य समेत रहेका एमाले नेता कार्कीका अनुसार गत असोज तेस्रो साता प्रदेशसभाको अधिवेशन आह्वान हुने समेत बताए ।

नेता कार्कीका अनुसार, ‘प्रदेश सरकार जोगाउन हामी लागेका छौं, सामान्य बहुमत पुर्‍याएर सरकार जोगाउने छौं ।’

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...