News Portal

१३औं दक्षिण एसियाली खेलकुद: कुशल र रोहितको अर्धशतकमा नेपालले अमेरिकालाई हरायो

हिमालीसंचार संवाददाता
३९८ पटक

काठमाडौं।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई पराजित गरेको छ। सोमवारदेखि ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले नटआउट ६२ रन जोडे। उनले ८७  बलमा २ चौका र ३ छक्का प्रहार गरे।

रोहितसँग पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरेका विनोद भण्डारीले ३७ रन जोडे। उनले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे। पहिलो एकदिवसीय अर्धशतक प्रहार गरेका ओपनर कुशलले ८४ रनको योगदान दिए। उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेखले २३ रन जोडे। आसिफ र कुशलबीच पहिलो विकेटका लागि ६६ रनको साझेदारी भएको थियो। एकदिवसीय खेलमा यो नेपालको कीर्तिमानी साझेदारी हो। कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर आउट हुँदा कुशल मल्लले १ रनमै पेभिलियन फर्के।

बलिङमा अमेरिकाका निषर्ग पटेल र केन्जिगेले २-२ विकेट लिए। त्यसअघि ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ ‍गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोड्यो।

अमेरिकाका लागि विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलले शतक प्रहार गरे। उनी शतक प्रहार गरे लगत्तै आउट भएका थिए। ४७औं ओभरमा विक्रम शोवको बलमा कुशल भुर्तेलबाट क्याच हुनुअघि उनले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय स्टेभिन टेलर र सुशान्त मोदानीले क्रमश: १४ रन र १६ रन जोडे। निषर्ग पटेलले २१ रन जोडे भने केन्जिगे १३ रनमा आउट भए। सुसन भारीले जसकरण मलहोत्रालाई ११ रन र संजय कृष्णमूर्तीलाई १३ रनमा आउट गरे। करिमा गोरे १६ रनमा रनआउट भए। उनलाई सन्दीप लामिछानेले रनआउटको सिकार बनाए।

बलिङ नेपालका सन्दीप लामिछाने, विक्रम शोव र सुसन भारीले २-२ विकेट लिए। यो त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। नेपालले हालसम्म अमेरिकासँग तीन खेल र ओमानसँग दुई खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...