News Portal

एमसीसीविरुद्ध जनता सडकमा : प्रदर्शनकारी नै सम्झौताबारे अनविज्ञ

हिमालीसंचार संवाददाता
३८४ पटक

काठमाडौं – एमसीसीको विषयलाई लिएर देशको विभिन्न भागमा दैनिक जसो प्रदर्शन भइरहेका छन् । सडकदेखि सदनसम्म यो विषयले तातेको छ ।

नेपाल र अमेरिकी सरकारबीच एमसीसी सम्झौतामा हस्ताक्षर भएको चारवर्ष वितिसक्दा पनि अनुदानका विषयमा आ–आफ्नै किसिमका व्याख्या अप–व्याख्या हुने गरेका छन् । कतिपय विरोधमा उत्रिएकालाई एमसीसीको सामान्य ज्ञानसमेत पनि नभएको पाइयो ।

जब जब एमसीसीका बारेमा बहस सुरु हुन्छ, तब सडकमा त्यसको बाछिटा देखापर्छ । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल आएर उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता बाक्लो बनाएपछि सडक प्रदर्शन बढेको हो ।

सडकमा प्रदर्शन गर्नेसँग तर्क कम, उत्तेजना बढी छ । उनीहरूको भावभङ्गी हेर्दा लाग्छ, उनीहरू एमसीसी विज्ञ हुन् । तर, अफसोच त यो छ कि कतिपयलाई एमसीसीको फेद टुप्पो थाहा छैन ।

धेरै मानिस प्रदर्शनमा प्रयोग भएको प्रष्ट हुन्छ । उनीहरू सुरक्षाकर्मीलाई उत्तेजित बनाउन बढी सक्रिय देखिन्छन् । सडकमा प्रदर्शन बढेपछि एमसीसीका कुटनीतिज्ञहरू हिँड्ने बाटोमा सरकारले कडा सुरक्षा दिने गरेको छ । 

घण्टौअघि उनीहरू हिँड्ने बाटोमा सुरक्षाकर्मी तैनाथ हुने गरेका छन् । सुरक्षाकर्मीको तैनाथीलाई प्रदर्शनकारीले मौकाको रुपमा उपयोग गर्ने गरेका छन् । कतिपय प्रदर्शनकारी राजनीतिक दल, नेता र सामाजिक सञ्जालमा आएको चर्चा सुनेर सडकमा आउने गरेको भेटियो । राजनीतिक दलका शीर्ष नेताहरू एमसीसीका पक्षमा, भातृसंघ संगठनहरू विपक्षमा प्रदर्शन गरिरहेका पनि देखिएका छन् ।

सरकारले एमसीसीको बचाउ गर्दै यसको विरोध नगर्न सर्वसाधारणका नाममा अपिल गरिसकेको छ । तर, सरकारले बोल्न पाउने संविधानप्रदत्त अधिकारलाई बन्देज लगाएको भन्दै आम रूपमा त्यसको प्रतिवाद भएको छ ।

एमसीसी नेपालका लागि अनुकूल छ वा छैन भन्ने विषयमा प्रमुख दलहरूबीच नै अन्तरविरोध छ । राजनीतिक दलहरूको यही द्वैध चरित्रको फाइदा उठाउन स्वार्थ समूह कम्मर कसेर लागेको छ । यदि दलहरूले समयमै आफ्नो धारणा सार्वजनिक नगर्ने हो भने यस्ता प्रदर्शन शान्त तलाउमा हानिएको ढुंगा हुने निश्चित छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...