News Portal

जनसम्पर्क समिति कुवेतका पुर्व प्रबक्ता विजय भट्टराईद्वारा नगर सह-सचिवमा उम्मेद्वारी घोषणा

हिमालीसंचार संवाददाता
५४५ पटक

झापा। सहिद विष्णुप्रसाद भट्टराईका छोरा विजय भट्टराईले पनि आइतबार हुने नेपाली कांग्रेसको नगर अधिवेशनमा सह-सचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन्। जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन्। उनी सहिदका छोरासमेत हुन्।

मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२/६३ को जनआन्दोलनमा सहिद भएका थिए। मेचीनगरको सात दलले विष्णुप्रसादलाई सहिद घोषणा गरेको थियो। विष्णुप्रसाद आन्दोलनका बेला अग्रमोर्चामा खटिएका थिए। ७ दलको चारआलीदेखि काँकरभिट्टासम्म साइकल र्याली हुँदा त्यसमा सहभागी उनको धुलाबारीमा अचानक ह्रदयघात भएर निधन भएको थियो।

कांग्रेस मेचीनगरको यहि भदौ २७ गते हुने नगर अधिवेशनका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यका स्वकीय सचिवसमेत रहेका भट्टराईले सह-सचिव पदमा उम्मेद्ववारी दिने घोषणा गरेका हुन्। उनी यो भन्दा अगाडि नेपाली कांग्रेसको बैदेशिक सुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति कुवेतको प्रबक्ता समेत थिए। कुवेत रहदा उनले पार्टीको संस्थालाई बलियो बनाउन अहम भुमिका निर्वाह गरेका थिए।

कांग्रेसको १२ औँ महाधिवेशनदेखि क्रियाशिल सदस्यता रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरेका छन्। संगठनको हित, संगठन बिस्तार र संगठन मजबुत बनाउदै नयाँ ढाचाबाट पार्टीलाई अघि बढ्नका लागि मेरो पूर्ण योगदान रहने उनले बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...