News Portal

बिपीलाई माल्यारोपण गरी ज्योती हमालको पोखरा महानगरको सभापतिमा उम्मेदवारी

हिमालीसंचार संवाददाता
५५८ पटक

पोखरा। नेपाली कांग्रेस पोखरा महानगरको सभापतिको उम्मेदवार ज्योती हमालले जिरोमा भेला भई जिरो हुँदै सभागृहचोक हुँदैं बिपी चोकमा गई बिपीको सालिकलाई माल्यारोपण गरी आर्शिबाद लिई आफ्नो मनोनयन दर्ता गर्नुभयो।

हमालले कांग्रेसले बिपीले नेपालीहरुको सपना साकार बनाउन स्थापना गरेको कांग्रेसमा अहिले उँहाको नितीलाई छोड्दै गएका कारण कांग्रेस अहिले कमजोर बन्दै गएको र युवा महिलालाई समेट्न नसकेको कारणले उम्मेदवारी दिएको बताउनु भयो।

समाजबाद, प्रजातन्त्र र राष्ट्रियताको उदेश्य पूरा गर्न अब सबै महामानब बिपी कोईराला गुटमा आउनुपर्ने हमालको जोड छ। २२औ शताब्दीमा बिपीको कांग्रेस बनाउने सपनालाई मूर्तरुप दिन आफ्ना एजेन्डाका मतदातासंग राखेकोले आफनो एजेन्डाका लागि मतदान गर्न पार्टीका नेताकार्यकर्ताहरुलाई उहाँको आग्रह छ।

नेपाली कांग्रेसका नेतृ ज्योती हमालले आसन्न १४औं महाधिवेशनमा पोखरा महानगरको सभापतिको उम्मेदवार दिनुको कारण “जहाँ अत्याचार हुन्छ ! त्यहाँ विद्रोह हुन्छ !” भन्दै महिलालाई अन्य पार्टिले मेयर, मन्त्रि, राष्ट्रपति बनाईसकेको तर कांग्रेसले स्थान नदिएकोे कारणले पनि राजनितीमा अझ सक्रिय भएर लागेको बताउनु भयो।

हमालले आफ्नो उम्मेदवारी गुटउपगुटलाई चिर्नका लागि भएको बताउँदै पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनता र महिलाका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीतिलाई प्रवद्र्धन गर्ने हेतुले महाधिवेशनमा होमिन लागेको भनाई उहाँको छ।

हमालले राजनितीमा महिला र युवाका आवाज बुलन्द गरी महिलालाई स्थापित गर्न आफु तयार भएको बताउदैं सांसद भईसकेका महिला नेताहरुको अधिकार कटौती भएको यो अवस्थामा साधारण महिलाहरुको राजनितीक अवस्था के होला भन्दै ठुलो प्रश्न चिन्ह खडा गर्नु भयो।

नेपाली कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनुपर्ने बताउदैं नेपाली कांग्रेसभित्र गुट र उपगुटको जुन राजनीति छ त्यसले नेपाली कांग्रेसलाई दिनप्रतिदिन कमजोर बनाउँदै लगेको उहाँको भनाई छ। जबजब कांग्रेस कमजोर हुन्छ तबतब देश पनि समस्यामा पर्ने हुदाँ यो समस्याबाट मुक्त गर्ने चिन्तनमा आफु रहेको र त्यसलाई चिर्न तत्पर भएको उनले बताउनुभयो।

ज्योतीले आफु सबैको साझा उम्मेदवार भएको उल्लेख गर्नु भयो। हमाल नन्द ईन्टरटेनमेन्टले आयोजना गरेको आमाहरुको ब्युटि पेजेन्ट सुपरममको पहिलो बिजेता हुनुहुन्छ। पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेकी ज्योती हमाल स्कुलले जिवनदेखि राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्छ।

नेपाल सांस्कृतिक संघको सस्थांपक केन्द्रिय सदस्य, नेपाल लोकतान्त्रिक ललितकला संघको केन्द्रिय सदस्य, नेपाली कांग्रेस कास्की काठमाण्डौं सम्पर्क समितिको सदस्य, फाईन आर्टस यातायात प्रा. लीको अध्यक्ष, नगेन न्युज पब्लिकेशन प्रा.लि.को अध्यक्ष, कला क्रान्ति मासिक पत्रिकाको प्रधान सम्पादक, रेडियो जननी ९०.६को सम्वादाता र समाचार वाचिका, पत्रकारिता जगतमा करिब १५ वर्ष काम गर्नु भएको हमाल नेपाल प्रेस युनियन काठमाण्डौंको कार्यकारी सदस्य, नेपाल प्रेस युनियन कास्कीको सहसचिव र क्रियाशिल महिला पत्रकार कास्कीको उपाध्यक्ष हुनुहुन्छ।

त्यस्तै,आर.आर. क्याम्पस ईकाई सदस्य काठमाण्डौं, मेचि महाकाली बुहारी सयुक्त आवाज कास्कीको सचिव, हाईकर्स क्लब नेपालको सचिव, ठकुरी युवा परिवार कास्कीको उपाध्यक्ष, दर्शन बचत तथा ऋण सहकारीको सह-सचिवलगायत विभिन्न सामाजिक सघंसस्थामा सग्लंन हुनुहुन्छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...