News Portal

एमसीसी उपाध्यक्ष फातिमाले सबैभन्दा पहिले ओलीलाई किन भेटिन् ?

हिमालीसंचार संवाददाता
३८१ पटक

नेपाल भ्रमणमा आइपुगेकी एमसीसी कम्प्याक्ट अपरेसनकी उपाध्यक्ष फातिमा सुमारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटदै राजनैतिक भेटवार्ता सुरु गरेकी छिन् ।

नायब उपाध्यक्ष जोनाथन बुक्ससंग नेपाल आएकी उनीसंगै ओली निवास बालकोट पुगेकी थिइन् । नेपालमा चरम विवादित एमसीसी सम्झौता पारित गराउन ओलीले आफू प्रधानमन्त्री हुँदा निकै जोडबल गरेका थिए । सो सम्झौता संसदबाट पारित गराउन उनले २०७६ असार ३० गते संसदमा पेश गर्न लगाएका थिए । तर, प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदन गराउने प्रकृया सभामुखले रोकिदिएका थिए । 

आफ्नो कार्यकालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २०७५ पुसतिर अमेरिका पठाएका ओलीले वासिङ्टनको विश्वास जित्न पनि निकै कोशिस गरेका थिए । सत्ताबाट बाहिरिएपछि पनि ओलीले एमसीसीको चर्चा गर्ने गरेका छन् । तर, उनले सत्तामा हुँदाजस्तो जोडबल भने गरेको पाइँदैन । यद्यपि, साउन २६ गते बसेको संसद बैठकमा पनि उनले एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गरेका थिए । सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रममा एमसीसी नसमेटिएको उनको भनाइ थियो । 

हालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि जुनसुकै हालतमा संसदबाट एमसीसी पारित गराउने लाइनमा छन् । यही बीचमा ओलीलाई एमसीसी उपाध्यक्षले नेपाल आएकै दिन भेटेकी हुन् भने अमेरिकी रणनीति एमाले र सो पार्टीका अध्यक्षलाई विश्वासमा लिइराख्ने जस्तो देखिन्छ । 

​एमसीसी विवादलाई लिएर हालको गठबन्धन फुुटिहालेमा एमाले र कांग्रेस एक स्थानमा आउने र यसलाई पास गर्न अनुकूल वातावरण बन्ने समेत एमसीसी पक्षधरहरुले बताइरहेका छन् । हाल सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत) समाजवादीले परिमार्जनबिना एमसीसी कार्यान्वयन गर्न नसकिने बताइसकेका छन् । 

एमसीसी सम्झौताबारे प्रष्ट पारिदिन भन्दै गत साता अर्थ मन्त्रालयले अमेरिकालाई पत्र पठाएको थियो । एमसीसी मुख्यालयले सो पत्रको जवाफ दिइसकेको छ । तर, सत्तारुढ गठबन्धनका माओवादी र समाजवादीका नेताहरूले अमेरिकाबाट गोलमटोल जवाफ आएकाले नेपालले एमसीसी अनुमोदन गर्न नहुने बताइसकेका छन् । 

अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिका अनुसार एमसीसी सम्झौता अनुमोदन भए नेपालले ५० करोड डलर (करिब ५५ अर्ब रुपैयाँ) सहायता प्राप्त गर्नेछ । यो सहायतामा नेपालले थप १३ करोड डलर थप्नुपर्छ । यस हिसाबले एमसीए–नेपालले ६३ करोड अमेरिकी डलर खर्च गर्नेछ ।

प्रस्तावित रकमबाट लप्सीफेदी–बुटवल–गोरखपुर हाइभोल्टेज प्रसारणलाइन विस्तार गर्ने लक्ष्य छ । ३१५ किलोमिटर लम्बाइको यो प्रसारण लाइनको क्षमता ४०० केभिए हुने बताइएको छ ।

यस्तै, दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म महेन्द्र राजमार्ग स्तरोन्नती (मुख्य काम कालोपत्रे) गर्न पनि एमसीसी परियोजनाको रकम खर्च हुनेछ । ७७ किलोमिटर सडकखण्डलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार विकास गर्न एमसीए–नेपालले अहिले डिजाइन गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...