News Portal

  • संसदमा एमालेको तेस्रो धार, भित्र नाराबाजी, बाहिर फोटो सेसन

    हिमालीसंचार संवाददाता
    ४१९ पटक

    काठमाडौं – हिजो बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकको सुरुवातमै नेकपा एमालेले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले पन्ध्र–पन्ध्र मिनेटका लागि दुईपटक बैठक स्थगित गर्नु पर्यो । एकैदिन तीनपटक बैठक बसे पनि एमाले सांसदहरुले संसदको कामकारवाही अघि बढ्न दिएनन् । तर, नेकपा एमालेकै तेस्रो धारका १० सांसदहरुको भने भूमिका बेग्लै थियो ।

    नेकपा एमालेले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदलाई ‘गैरसांसद’ भन्दै उनीहरुलाई कारवाही नगरेसम्म बैठक अघि नबढ्ने भन्दै एमालेका सांसदहरुले सभामुखको आसन अगाडि उभिएर नारा लगाएका थिए । यसरी नारा घन्काउनेहरूको अग्र पङ्तीमा एमाले सांसद खगराज अधिकारी, निरु पाल, महेश बस्नेत लगायत थिए । तर, त्यहीबेला एमालेका तेस्रो धारका सांसदहरु भने साइड लागे ।

    एमाले सांसद भीम रावलमा जुलुसमा मिसिएका थिएनन् । संसदमा बिरोध भइरहेको अधिकांश समय उनी मोवाइल चलाएर बसेका थिए । त्यस्तै गोकर्ण विष्ट पनि संसद भवनको ढोका छेवैमा उभिएका थिए । योगेश भट्टराई, यज्ञराज सुनुवार लगायतका पूर्व माधव नेपाल पक्षका सांसदहरु भीडबाट छेउ लागेका थिए ।

    उता केपी ओलीका कट्टर समर्थक सांसदहरु भने आक्रोशित मुद्रामा नारा लगाइरहेका थिए । सभामुखको आसनलाई लक्षित गर्दै अगाडि बढेकी सांसद गंगा चौधरीलाई मर्यादापालकले छेकेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

    प्रतिनिधि सभाको पहिलो बैठक सकिएपछि सभाहल बाहिर आएका पूर्व माधव नेपाल समूहका एक सांसदले भने– ‘बिरोध गर्न दिलदेखि नै आउनुपर्‍यो, त्यसले मष्तिष्कलाई सन्देश दिन्छ । मष्तिष्कले अह्राएपछि मात्रै विरोधका लागि मुठ्ठी उचालिने हो । अहिले हामी त्यहाँसम्म पुग्न सकेका छैनौँ । बिस्तारै त्यो धारमा अघि बढ्दै जान्छौँ । अहिलेका लागि दिलदेखि नै त्यो कुरा सम्भव छैन ।’

    सभामुखविरुद्ध एमालेको प्रत्याक्रमणका क्रममा विरोधमा उत्रिएका सांसहरुलाई हेर्दा त्यहाँ केपी ओली समर्थक र पूर्व माधव नेपाल पक्षका सांसदहरु स्पष्ट छुट्टिएको थियो । प्रतिनिधिसभाको हलमा एकैदिन ३ पटक बसेको बैठकमा नेकपा एमालेका सांसदहरु तिनै रामकुमारी झाँक्री लगायत १४ जना गैरसांसद रहेको र उनीहरु सदनमा भएसम्म सदन चल्न नदिने भन्दै नारा लगाइरहेका थिए । तर, बाहिरको दृश्यको भने फरक थियो ।

    बैठक सकिएपछि संसद भवनको प्राङ्गणमा नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्री नेकपा एमालेका सांसद योगेश भट्टराई र गणेश पहाडी सञ्चारकर्मीको अगाडि सामुहिक फोटो खिचाइरहेका थिए । जसले प्रतिनिधि सभाभित्र जस्तो गतिविधि भए पनि बाहिर उनीहरुबीच ब्यक्तिगत मित्रता राम्रो छ भनेर सन्देश दिन खोजेको थियो । फोटो खिचाइसकेपछि सांसद भट्टराई विभिन्न देशहरुको उदाहरण दिँदै नेपालको संसद निकै शान्त र मर्यादित रहेको बताइरहेका थिए ।

    अब भदौ २५ गते बस्ने बैठकमा एमाले सांसदहरुको भूमिक कस्तो हुनेछ त्यो भने हेर्न बाँकी छ । बुधबार विरोधका बीच सभामुखले अधिवेशनमा संसदको अध्यक्षता गर्ने सांसदहरुको नाम वाचन गरे भने गृहमन्त्री वालकृष्ण खाणँले राजनीतिक दलसम्बन्धी ऐन दोश्रो संसोधन २०७८ अध्यादेश पेस गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...