News Portal

अस्थिर राजनीति भएको समयमा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र हुदैछ : भीम रावल

‘तिम्रो धम्कीलाई म देशभक्त नेपाली जनताको बुटले यहीबाट कुल्चिदिन्छु।’

हिमालीसंचार संवाददाता
४१४ पटक

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको समयमा सर्वत्र विरोध भइरहेको एमसीसी अनुमोदनका लागि षड्यन्त्र भइरहेको बताएका छन्।

काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो, त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउदै यसको कडा विरोध गर्नु पर्ने बताएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घर-घरमा पुर्‍याउन लागेको पनि उनले आरोप लागाए। एमसिसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरूद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरूलाई आह्वान गरे। 

उनले भने, ‘झिलिमिली हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्‍याइँदैछ। नेपाललाई पराधिन उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस्। जसरी बेलायतीहरूले भारतमा इष्ट इन्डिया कम्पनी खोले त्यो इष्ट इन्डिया कम्पनीभन्दा खतरनाक छ एमसीसी। जसरी अस्थिर राजनीति भएको बेलामा अगाडि बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ।’

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरूप नभएको उनले उल्लेख गरे। एमसिसीको कतिपय प्रावधानहरूले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने पनि उनले बताए। एमसीसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको छ। 

उनले भने, ‘रेडियोबाट, टेलिभिजनबाट एमसिसीको बारेमा विज्ञापन बजिरहेको छ। कुनै देशले दिने अनुदान सहयोगको बारेमा अर्को देशले झ्याली पिटेर विज्ञापन गर्छ कहीँ ? यस्तो कही दुनियाँमा सुन्नुभाछ ? यो भन्दा राष्ट्रको अपमान के हुनसक्छ ? भर्खरै एउटा टेलिभिजनबाट त्यो बजाएको रहेछ। धेरै विरोध गरेपछि त्यो बन्द भयो। तर रेडियोबाट बजाउने क्रम जारी छ। यो सम्झौता असमान छ। सार्वभौमिक समानताको सिद्धान्त अनुरूप छैन। यसका कतिपय प्रावधानहरूले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतमाथि हमला गर्छ। नेपालको स्वाधिनता र स्वतन्त्रतामाथि आँच पुर्‍याउने कुराहरू छन्।’

नेकपा एमालेका उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनि सूचना गरेको भन्ने आरोप लगाउँदै आफूले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती पनि दिए। 

उनले भने, ‘यो लोकतन्त्र हो कि के तन्त्र हो ? कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। ५० दिन भैसक्यो लाज पनि मान्नुपर्ने, उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौताबारे कोही बोलेपछि, त्यसको विरोध गरेपछि जेल चलान गरिनेछ। म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो।

मैले भने। मलाई गिरफ्तार गर। गृह मन्त्रालय आऊ मलाई पक्रेर लग। आट गर्छौं भने तिमी देशघातीहरूले यो सम्झौताको लागि नेपाली जनतालाई धम्क्याएर देशभक्त नेपाली जनता धम्किँदैनन्। यो निरंकुशतन्त्र होइन। नेपाली जनताले रगत बगाएर ल्याएको लोकतन्त्र हो। तिम्रो धम्कीको कुनै मूल्य छैन। तिम्रो धम्कीलाई म देशभक्त नेपाली जनताको बुटले यहीबाट कुल्चिदिन्छु।’

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...