News Portal

केपी ओली भन्छन्- चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाईयो ?

हिमालीसंचार संवाददाता
४४५ पटक

काठमाडौँ।
चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो ? भनेर प्रश्न गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित कार्यकर्ता भेलामा ओलीले भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन।
कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्‍यो ? कसलाई खुसी पार्न ?’ चीनसँग सीमा विवाद छैन भन्दै ओलीले थपे, ‘यो समितिले सीमा विवाद देखाओस् चुनौती दिन चाहन्छु।’ वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको ओलीको आरोप थियो।

सरकारले चीनसँग सीमा विवाद रहेको भन्दै समिति गठन गर्ने निर्णय गरेपछि ओलीको यो प्रतिक्रिया आएको हो। मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दलले पनि विरोध गरेको हो।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...